सभापति पेम्बा छिरिङ भोटियाको निधनमा भोटिया एसोसिएसन सोनादाद्वारा शोक प्रकट

IMG-20250624-WA0091

सोनादा: भोटिया एसोसिएसन सोनादाको सभापति एंव पूर्व फुटबल खेलाडी सोनादाको डीबी रोड निवासी पेम्बा छिरिङ भोटियाको निधनमा शोक समवेदना प्रकट गरिएको छ। पेम्बा छिरिङ भोटिया एसोसिएसन सोनादाको सभापति रहेका थिए। उनको निधनमा एसोसिएसनको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्। एसोसिएसनले सभापति एंव पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधनमा ठूलो क्षति पुगेको बताइएको छ। उनको निधनमा एसोसिएसनलाई ठूलो क्षति पुगेको पुगेको भोटिया एसोसिएसन सोनादाको उप सभापति दावा भोटिया, महासचिव एनआर भोटिया, कोषाध्यक्ष मिञ्जी भोटिया साथै एसोसिएसनको सम्पूर्ण सदस्यहरुद्वारा सभापति एंव पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधनमा गहिरो शोक प्रकट गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement