क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न

IMG-20250624-WA0090

खरसाङ: खरसाङमा हुन गईरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ।‌ उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी २८ र २९ जूनको दिन हुन लागेको दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको डबल्स र सिंगल्सको लागि प्रतियोगीहरु आईरहेको र यसपाली खेल भईरहेको समय स्पट इन्ट्री नदिने निर्णय गरिएको छ।‌ सभामा उक्त क्यारम बोर्ड प्रतियोगिताको लागि इच्छुकहरुले २७ जूनको २-३ बजीसम्म इन्ट्री पाउने तर २७ बेलुका फिक्चर बनिएपछि इन्ट्री नपाउने भएको छ। सभामा यस दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता विषयमा नियमहरु पनि बनाइएको जानकारी प्राप्त भएको छ।‌ सभापछि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलूद संघको सचिव निर्मल गुरुङले आगामी २८ र २९ जून २०२५ मा दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको बताएका छन्। उनले उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको नियमहरु बनाइएको अनि इच्छुकहरुले २७ जून दिउँसो २-३ बजीभित्र नाम दिनु पर्ने बताउँदै यसपाली स्पट इन्ट्री नदिने निर्णय गरिएको जानकारी गराएका छन्‌‌। उनले खरसाङ महकुमा खेलकूद संघको वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार विभिन्न खेलहरु वर्षभरि नै आयोजना गर्ने गरिएको र त्यसै अनुसार गत वर्ष झैं यसपाली पनि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement