बारबाडोस: कप्तान हेली म्याथ्यूजले निर्णायक म्याचमा असाधारण व्यक्तिगत प्रदर्शन गर्दै आफ्नो श्रेष्ठताको परिचय दिइन्, जसले गर्दा वेष्ट इण्डिजले केव हिलमा खेलिएको तेस्रो महिला टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरी १२ सालको लामो प्रतीक्षापछि सीरीज जित्यो। म्याचमा म्याथ्यूजले (५० बलमा ६५ रन) असाधारण अर्द्धशतक बनाइन् अनि वेष्ट इण्डिजले म्याच जित्न प्राप्त भएको १४८ रनको लक्ष्यलाई १८.३ ओभरमा ४ विकेट गुमाएर हासिल गऱ्यो। यसरी वेष्ट इण्डिजले दक्षिण अफ्रिकाविरुद्ध टी२० सीरीज २-१-ले जित्यो। यसअघि वेष्ट इण्डिजको महिला टीमले दक्षिण अफ्रिकालाई अन्तिमपल्ट द्विपक्षी टी२० सीरीजमा २०१३-मा पराजित गरेको थियो। टस जितेर म्याचमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले मियाने स्मिटकी अविजित ५९ रनको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो। स्मिटले ३८ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाइन्। यसबाहेक कप्तान लौरा वोल्भार्टले २८ र ओपनर ताजमिन ब्रिट्सले २० रनको योगदान दिइन्। वेष्ट इण्डिजकी बलरहरूमा करिश्मा रामहाराक र एफी फ्लेचरले २-२ विकेट हासिल गरिन्। त्यसपछि वेष्ट इण्डिजले खराब शुरुवातपछि ३२ रनमै २ विकेट गुमाए पनि कप्तान म्याथ्यूज र शेमेन क्याम्पबेलबीच तेस्रो विकेटको निम्ति ८२ रनको पार्टनरशीपको दममा म्याच जित्यो। म्याथ्यूजले ९ वटा चौका र एउटा छक्का लगाइन्। यसरी क्याम्पबेलले ३८ बल खेलेर २ वटा चौका र एउटा छक्काको साथ ४२ रन बनाइन्। चिनेर हेनरी २० रनमा अविजित रहिन्। दक्षिण अफ्रिकी बलरहरूमा मारिजाने कापले २ विकेट हासिल गरिन्।