वाशिंगटन: फिफा क्लब वर्ल्ड कपमा यूरोपियन च्याम्पियन पेरिस सेण्ट जर्मेन (पीएसजी) र एट्लेटिको म्याड्रिडले जीत हासिल गरे पनि लियोनल मेस्सीको टीम इण्टर मियामी ड्र-मा रोकियो। पीएसजी-ले ग्रुप बी-को म्याचमा अमेरिकी क्लब सिआटेल साउण्डर्सलाई २-०-ले पराजित गऱ्यो। गत म्याचको निराशाजनक हारलाई भुलेर पीएसजीले म्याचमा ७३ प्रतिशत पोजेशनको साथ खेल्ने स्थानीय टीमलाई शुरुदेखि नै दबाउमा राख्यो। विजेता टीमको तर्फबाट खविचा ख्वारात्सखेलियाले ३५औं र अचरफ हकिमीले ६६औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा स्पेनिश क्लब एट्लेटिको म्याड्रिडले ब्राजीलको क्लब बोटाफोगोलाई १-०-ले पराजित गऱ्यो। म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गरे पनि एट्लेटिकोले निर्णायक गोलको निम्ति अन्तिम समयसम्म पर्खिनु पऱ्यो। अन्तमा एण्टोनी ग्रीजम्यानले ८७औं मिनटमा गोल गरी एट्लेटिकोलाई जीत दिलाए। ग्रुप बी-मा पीएसजी, बोटाफोगो र एट्लेटिको म्याड्रिड गोल अन्तरको आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको छ। यी तीनैवटा टीमसँग ३-३ वटा म्याचमा ६-६ पोइण्ट्स रहेको छ।
ग्रुप ए-मा इण्टर मियामीलाई ब्राजीलको टीम पालमिरसले २-२-को ड्र-मा रोक्यो। लियोनल मेस्सीको उपस्थितिमा अमेरिकी क्लब एक समय २ गोलको बढ़त लिएर खेलिरहेको थियो तर ब्राजीलको क्लबले पनि अन्तिम समयमा लगातार २ गोल गरी म्याच ड्र गऱ्यो। म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मियामीबाट तादेओ एलेण्डेले १६औं र लुईस सुआरेजले ६५औं मिनटमा गोल गरे। यसरी पालमिरसबाट पाउलिन्होले ८०औं र मौरिसियोले ८७औं मिनटमा गोल गरे। यस ग्रुपमा पोर्तुगीच क्लब पोर्तो र इजिप्टको क्लब अल अहलीबीच खेलिएको म्याच ४-४-ले ड्र रह्यो। म्याचमा अल अहलीबाट वेसाम अबू अलीले ह्याट्रिक गरे। ग्रुप ए-मा पालमिरस र इण्टर मियामीसँग ३-३ वटा म्याचमा ५-५ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा ब्राजीलको क्लब शीर्ष स्थानमा रहेको छ।