कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा सोमवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। आजको म्याच पनि पहिलो क्वार्टर फाइनल जस्तै चरम एकतर्फी रह्यो। मेला ग्राउण्डमा खेलिएको म्याचमा सासोनिअन एफसीले लाञ्जिंग एफसीविरुद्ध ६-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट खारोन सुब्बाले ह्याट्रिक गरे। यसबाहेक प्रणय सुब्बा, अंगद मंगर र लेण्डुप लेप्चाले १-१ गोल गरे।

यसरी लाञ्जिंग एफसीको तर्फबाट नरेन्द्र छेत्रीले १ गोल गरे। विजेता टीमका खारोन सुब्बाले प्लेयर अव् द म्याचको पुरस्कार जिते।