वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक जित्न चाहन्छन् नीरज चोपड़ा

IMG-20250623-WA0101

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा ९० मीटरको थ्रो गर्न आफूमाथि अनावश्यक दबाउ सृष्टि गर्न चाहँदैनन् अनि यस सीजनको निम्ति उनको लक्ष्य टोक्योमा हुने वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक जित्ने रहेको छ। नीरजले मंगलवार चेक रिपब्लिकको ओस्ट्रावामा हुने गोल्डन स्पाइक एथलेटिक्स प्रतियोगितामा हिस्सा लिनेछन्। नीरजले गत हप्ता पेरिस डायमण्ड लीगमा ८८.१६ मीटरको थ्रो गरी जर्मनीका जूलियन वेबरलाई पराजित गरी खिताब जितेका थिए। २७ वर्षीय नीरज दोहामा यस सत्रको शुरुवाती डायमण्ड लीग प्रतियोगितामा आफ्नो करियरमा पहिलोपल्ट ९० मीटरको दूरी पार गरेका थिए अनि उनी आफ्नो प्रगतिसँग खुशी छन्। उनले भने, म एकजना महान खेलाड़ी तथा प्रशिक्षकसँग काम गरेर खुशी छु। तक्निकमा सामान्य सुधार गरेपछि मैले यस साल अगावै ९० मीटरको थ्रो गरिसकेको छु। म ओस्ट्रावामा आफ्नो सर्वश्रेष्ठ प्रदर्शनलाई लिएर आश्वस्त छु। यस सीजनमा मेरो मुख्य लक्ष्य निश्चित रूपले टोक्योमा हुने वर्ल्ड च्याम्पियनशीप हुनेछ। वर्ल्ड एथलेटिक्स च्याम्पियनशीप यस साल १३ देखि २१ सेप्टेम्बरबीच जापानको राजधानीमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement