राहुल र पन्तको शतकले पहिलो टेस्टमा भारतको पल्ला भारी

IMG-20250623-WA0098

लीड्स: भारतले ओपनर केएल राहुल र विकेटकीपर-ब्याटर रिषभ पन्तको शतकको सहायताले ईंग्ल्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा जीतको दिशामा कदम बढ़ायो। भारतले सोमवार टी ब्रेकसम्म आफ्नो दोस्रो ईनिंग्समा ४ विकेटमा २९८ रन बनायो। राहुल १२० र करुण नायर ४ रन बनाएर खेलिरहेका छन्। पन्त ११८ रनको रेकर्ड ईनिंग्स खेलेर पभेलियन फर्किए। यसरी भारतसँग अहिले ३०४ रनको बढ़त रहेको छ। राहुलले २२७ बल खेलेर १५ वटा चौका लगाइसकेका छन्। यसरी पन्तले १४० बल खेलेर १५ वटा चौका र ३ वटा छक्का लगाए। पन्तले पहिलो ईनिंग्समा पनि १३४ रन बनाएका थिए। यसरी उनी ईंग्ल्याण्डमा टेस्ट म्याचको दुवै ईनिंग्समा शतक बनाउने पहिलो भारतीय क्रिकेटर बने। यसको साथमा उनी ईंग्ल्याण्डविरुद्ध टेस्ट म्याचको दुवै ईनिंग्समा शतक बनाउने जिम्बाब्वेका एण्डी फ्लावरपछि दोस्रो विकेटकीपर-ब्याटर हुन्। आज पन्तले आफ्नो टेस्ट करियरको आठौं र राहुलले नवौं टेस्ट शतक दर्ता गरे। आज आइतवारको स्कोर २ विकेटमा ९० रनदेखि अघि खेल्न शुरु गर्दै भारतले कप्तान शुभमन गिललाई शुरुमै गुमायो। उनी ८ रन बनाएर ब्रायडन कार्सको शिकार बने। कप्तान आउटपछि राहुलले उपकप्तान पन्तसँग मिलेर ईनिंग्सलाई अघि बढ़ाए। ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले बलरहरूलाई पालै-पिलो प्रयोग गरे पनि कुनै फाइदा भएन। यसरी राहुल र पन्तले मिलेर चौथो विकेटको निम्ति १९५ रनको पार्टनरशीप गरे। यस अवधि पहिला राहुलले अनि पछिबाट पन्तले आफ्नो शतक पूरा गरे। ईंग्ल्याण्डको माटोमा इतिहास रचेपछि पन्त स्पिनर शोएब बशीरको शिकार बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement