गान्तोक: १२ जूनको दिन अहमदाबादमा एयर इण्डियाको हवाई जहाज दुर्घटनामा परि प्राण गुमाएका गुजरातका पूर्व मुख्यमन्त्री दिवंगत विजय रूपाणीप्रति राज्यपाल ओम प्रकाश माथुरले हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन्।
आज गुजरातकाे राजकोटमा विजय रूपाणीका परिवारसँग भेट गरेर उनले हार्दिक समवेदना प्रकट गरे।
राज्यपाल दिवंगतको घरमा पुगेर पीडित परिवारलाई यस कठिन समयमा ईश्वरले धैर्य र सहन शक्ति प्रदान गरून् भन्दै प्रार्थना गरेको विज्ञप्तिमा बताइएको छ।
ज्ञात राहाेस, गत १२ जूनको एयर इण्डिया विमान अहमदाबादबाट लण्डन जाने क्रममा केही क्षणपछि नै दुर्गघटनाग्रस्त भएको थियो। उक्त विमान मेडिकल कलेजको छात्रावासको भवनमा ठोक्किन पुग्यो, जसमा २७० भन्दा अधिक मानिसहरूको मृत्यु भएको थियो, जसमा गुजरातका पूर्व मुख्यमन्त्री पनि सामेल रहेका थिए।
राज्यपालले पूर्व मुख्यमन्त्री रूपाणी एक कुशल प्रशासक साथै उनको आत्मीय मित्र थिए भनी बताएका छन्। उनको निधनले आफूलाई व्यक्तिगतरूपमा अत्यन्त पीडा भएको बताउँदै उनको सरलता, राज्य र राष्ट्रप्रतिको योगदान सदैव प्रेरणास्रोत रहने उनले बताएका छन्।