नशामुक्त सिक्किम बनाउन चालकहरुलाई जिल्ला प्रशासनको आग्रह

IMG-20250623-WA0096

नाम्ची: नाम्ची महकुमा अधिकारी योगेन स्याङदेनको अध्यक्षमा आज जोरथाङमा बसेको बैठकले एसडब्ल्यूटीडीडब्ल्युए, जेएलटीडब्ल्यूए र जेटीडब्ल्यूएका प्रतिनिधिहरूलाई लिएर एक समन्वय चर्चा गऱ्यो। बैठकलाई सम्बोधन गर्ने क्रममा महकुमा अधिकारी स्याङदेनले सहभागी बनेका सबै प्रतिनिधिहरूलाई स्वागत जनाउँदै बैठको एजेण्डाबारेमा जानकारी गराए। यसबाहेक उनले विभिन्न संघका प्रतिनिधिहरूलाई सरकारी आदेशहरूको पालना गर्ने सुझाउ दिए। उनले चालक संघका प्रतिनिधिहरूलाई यात्रीहरूसँग विनम्र व्यवहार गर्ने र यात्राको क्रममा सम्बन्धित चालकहरूले ट्राफिक सुरक्षा नियम पालना गर्नेबारेमा जानकारी गराए। महकुमा अधिकारीले नशालु पदार्थ ओसारपसार सम्बन्धी कुनै पनि शंकास्पद यात्री देखेमा सम्वन्धित निकायलाई सूचित गराएर स्रोतकोरूपमा काम गर्ने र यस प्रकारको गतिविधिबाट सदैव टाडा रहने आग्रह गरे। यसरी नै उनले चालक संघका प्रतिनिधिहरूलाई कुनै पनि योजना अर्थात अवसरहरूको सम्बन्धमा संयुक्तरूपमा जागरूकता अभियान र कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरे। सोही प्रकारले ट्राफिकका एएसपी ज्योति छेत्रीले सहभागीहरूलाई ट्राफिक सुरक्षा नियमबारेमा सचेत गराउन, फुटपाथमा हिँडने मानिसहरूलाई सुरक्षित वातावरण कायम राख्न इमानदारीपूर्वक पालना गर्न आग्रह गरे। उनले सबैका लागि सुरक्षित स्थान कायम राख्न संयुक्त प्रयासको लागि चालकहरूलाई सहयोग गर्न र ट्राफिक कर्मचारीहरूसँग स्वस्थ सम्बन्ध कायम राख्न पनि आग्रह गरे। यसै क्रममा आफ्नो छोटो सम्बोधनमा एसडीपीओ केसाङ भोटियाले सबै व्यावसायिक सवारी साधनहरूको लागि उचित कागजातहरू राख्नुपर्ने र कुनै पनि आपतकालीन अवस्थामा दुर्घटनाग्रस्त स्थानबाट आफूलाई बचाउनको निम्ति कागज पत्रहरू सुरक्षित राख्नु आग्रह गरे। उनले थप जानकारी गराए अनुसार नाम्ची जिल्लाद्वारा शुरू गरिएको नशालु पदार्थविरूद्ध अभियानबारेमा जानकारी गराउँदै समाज विरोधी तत्वहरूसँग कानुनीरूपमा लडनको निम्ति सबैले सहयोग पुऱ्याउनु पर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement