रेशीथाङमा पालन गरियो अन्तर्राष्ट्रीय ओलम्पिक दिवस

IMG-20250623-WA0095

गान्तोक: राज्यको खेलकुद एवं युवा मामिला विभाग, खेलो इन्डिया स्टेट सेन्टर फर एक्सिलेन्स, गान्तोक खण्ड प्रशासनिक केन्द्र. सिक्किम एथलेटिक्स एसोसिशनले ऐआज संयुक्त रुपमा अन्तर्राष्ट्रीय ओलम्पिक दिवस पालन गऱ्यो। यस अवसरमा खेलकुद एवम युवा मामिला विभागकी सचिव याङछेन डी तामाङ, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डीडी गान्तोकका नर्बु छिरिङ भोटियाले स्वागत सम्बोधनको क्रममा ओलम्पिक भावनाको महत्त्व र ओलम्पिक-स्तरीय प्रतियोगिताको लागि आवश्यक निरन्तर तयारीमाथि जोड दिए। यसक्रममा सचिव याङछेन डी. तामाङले खेलकुदको मूल्य र ओलम्पिक कार्यक्रमहरूमा सक्रिय सहभागिताको महत्त्वमाथि प्रकाश पारिन्। यस अवसरमा जुम्बाको पनि आयोजना गरिएको थियो। मुख्यमन्त्री वान माइल रन पुरूष र महिलावर्गको निम्ति आयोजना गरिएको थियो। यसरी नै धनुर्विद्या र बक्सिङको प्रदर्शनी पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement