एसएसबीद्वारा नशामुक्त भारत अभियानमाथि सचेतना ऱ्याली

IMG-20250623-WA0094

गेजिङ: योक्सममा स़ञ्चालित ७२ बटालियन सशस्त्र सीमा बलका कमाण्डेन्टको निर्देशअनुसार गेजिङमा सञ्चालित एकलब्य मोडल रेसिडेन्सियल स्कूलमा नशामुक्त भारत अभियान कार्यक्रमअन्तर्गत एक सचेतना ऱ्याली आयोजना गरियो। कार्यक्रमको शुरुवात विद्यालय परिसरमा कार्यशालाबाट भएको थियो। जसमा एसएसबीका वरिष्ठ अधिकारीहरूले प्रेरणादायी सम्बोधन गरेका थिए। एसएसबीका वक्ताहरूले वास्तविक जीवनका उदाहरणहरू प्रस्तुत गर्दै व्यक्ति र समाजमा नशालु पदार्थको नकारात्मक प्रभावबारे जानकारी गराए। यस अवसरमा विद्यालय वरिपरि एक सचेतना ऱ्याली पनि आयोजना गरिएको थियो। उक्त ऱ्यालीमा विद्यार्थीहरूसहित एसएसबीका जवानहरूले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement