पाकिम: पाकिम जिल्लाअन्तर्गत सेन्ट्रल पाण्डाम निर्वाचन क्षेत्रको पहलमा आज मानसिक स्वास्थ्य, क्षमता विकास लगायत मधुमेह, क्षयोरोगबारे स्क्रिनिङ शिविर डुगाको खण्ड प्रशासनिक केन्द्रमा आयोजन गरियो। यस अवसरमा डब्ल्युडीएस, स्वयं सहायता समूह र पाण्डामका बेरोजगार युवाहरूले सहभागिता जनाएका थिए। कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य स्थानीय समुदायलाई ज्ञान, सचेतना र स्वास्थ्यसम्वन्धि स्थानीय समुदायलाई सशक्त बनाउनु रहेको थियो। कार्यक्रममा मुख्य वक्ताकोरूपमा पाकिम जिल्लाका प्रमुख चिकित्सा अधिकारी डा. मदनमनमणि ढकालले मानसिक स्वास्थ्य समस्याहरूको बढ्दो चिन्ता र प्रारम्भिक हस्तक्षेपको महत्त्वबारेमा सचेत गराए। यस क्रममा बरुण सिन्हाले क्षमता निर्माण सम्बन्धी सत्रको नेतृत्व गरेका थिए।