‘बास’ अन्तर विद्यालयस्तरीय ब्याडमिन्टर प्रतियोगिताको तयारीमा

IMG-20250623-WA0092

गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम- (बास) ले पहिलो सिक्किम अन्तराज्य विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने घोषणा गरेको छ। राजधानीस्थित पाल्जोर स्टेडियममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बासका अध्यक्ष एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उक्त घोषणा गरेका हुन्। आफ्नो सम्बोधनको क्रममा अध्यक्ष खालिङले प्रतिभावान ब्याडमिन्टन खेलाडीहरूलाई मञ्च दिनको साथै राष्ट्रीयस्तर अनि अन्तर्राष्ट्रीयस्तरको खेल आयोजना गर्ने एसोसिएशनले योजना तयार गरेको बताए। उक्त प्रतियोगिता आगामी १२ अनि १३ जुलाईमा राज्यको छवटै जिल्लाहरूमा आयोजन गरिने अनि जिल्लास्तरीय प्रतियोगितामा विजेता अनि उपविजेता बन्ने विद्यालय टोलीले ३-४ अप्रेलमा सम्पन्न हुने राज्यस्तरीय प्रतियोगिहरूसँग भिड्नुपर्ने जानकारी गराए। प्रतियोगितालाई दुइवटा वर्गमा विभाजन गरिएको छ। जसमा 17 वर्ष भन्दा कम र १९ वर्ष भन्दा कम उमेर भएका खेलाडहरूको निम्ति एकल वर्गमा खेल आयोजन हुने बताए। विजयीहरूलाई नगद राशी साथै अन्य पुरस्कारले पुरस्कृत गरिनेछ। यस प्रतियोगितामा उत्कष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अर्को वर्षदेखि शुरु हुने ब्याडमिन्टन अकादमीमा भर्नाको निम्ति पनि चयन गर्ने उनले जानकारी गराए। अहिले राज्यमा पहिलो स्थानमा फुटबल खेल रहेको र दोस्रो स्थानमा ब्याडमिन्टन खेल रहेको भन्दै जहाँ युवाहरूको सहभागिता अत्याधिक रहेको बताए। राज्यको प्रत्येक जिल्ला अनि महकुमाहरूमा ब्याडमिन्टन खेलको निम्ति पूर्वाधारहरूको निर्माण भइरहेको उनले थप जानकारी गराए। एसोसिएशनका मुख्य संरक्षक एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले खेलमा आफ्नो भविष्य बनाउन चाहने युवाहरूलाई सकारात्मक सहयोगहरू प्रदान गर्दै आएको खालिङले अवगत गराए। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको मुख्य उद्देश्य युवाहरूलाई खेलप्रति निपुण बनाउने र उनीहरूलाई संलग्न गराएर विभिन्न प्रकारको कार्यक्रम आयोजन गर्ने उनको भनाइ थियो। आर्थिकरूपमा कमजोर भएका प्रतिभावान खेलाडीहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिने घोषणा गर्दै खेलाडीहरूलाई संस्थासँग आबद्ध हुन आग्रह गरे। योसँगै एसोसिएशनका महासचिव सुकान्त दासले बासको वार्षिक क्यालेण्डर कार्यक्रमहरूबारे जानकारी गराए। प्रथम सिक्किम राज्य अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा भाग लिन चाहने विद्यालयहरूले आगामी १ जुलाईसम्म नामाङकन बुझाउनुपर्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement