महानदी ग्राम पञ्चायतमा अन्तर्राष्ट्रीय विधवा दिवस पालन

photocollage_2025623201232521

तीनधारे: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा अन्तर्राष्ट्रीय विधवा दिवस पालन गरिएको छ। यस अवसरमा कार्यक्रममा उपस्थित महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने विधवाहरुलाई खदा लगाएर सम्मान जनाइएको छ। त्यसरी नै विधवाहरुलाई जीवन प्रमाण पत्र, स्वास्थ्य जाँच, प्रेसर, सुगर आदि जाँच पनि गरिएको छ। यस अवसरमा महानदी ग्राम पञ्चायतको सचिव पेन्छेन लमु तामाङ, ईए, पञ्चायत सदस्या सुदेशना लेप्चा, पञ्चायत प्रधान पासाङ शेर्पा र सुस्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मीद्वारा वक्तव्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement