खरसाङमा ग्यास आधारित शवदाह गृह निर्माण सम्बन्धमा नगरपालिका प्रतिनिधिहरू दिल्ली प्रस्थान

IMG-20250623-WA0071

खरसाङ: खरसाङ नगरपालिका बोर्ड अफ् एडमिनिसट्रेसन पक्षबाट खरसाङ शहरमा ग्यास आधारित शवदाह गृह बन्न सकोस् भन्ने उद्धेश्य लिएर गत केही दिन जीटीए प्रमुख कार्यपाल अनित थापा अनि खरसाङ महकुमा अधिकारीलाई जानकारी गराएका थिए। उक्त कार्यको निम्ति खरसाङ नगरपालिका अर्वन प्लानर सञ्जय प्रसाद अनि एसएइ विशाल सुनुवारलाई दायित्व दिइएको थियो। यसै कार्यलाई निरन्तरता दिँदै भारतको अन्य राज्यका प्रोजेक्ट इञ्चार्जहरूसँग सम्पर्क गरिरहँदा दिल्लीमा यस प्रकारको ग्यास आधारित शवदाह गृहका विभिन्न तन्निन्कीमा कार्य अघिबाटै गरेर प्रयोगमा ल्याईसकेको जानकारी प्राप्त भएको साथै उक्त कार्यलाई वाहन गर्ने परियोजना प्रबन्धकहरू कै निरीक्षण गर्ने निम्तो आएको कारण सोमवार खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुबास प्रधान तथा इओ कैलाश प्रसाद, एसएइ विशाल सुनुवार, अर्वन प्लानर सञ्जय प्रसाद दिल्ली प्रस्थान गरे। यसबारे जानकारी गराउँदै नगरपालिका उपाध्यक्ष सुवास प्रधानले सरकारबाट बन जङ्गल संरक्षण गर्न विभिन्न कार्यक्रम गरेर जनचेतना अभियान सञ्चालन गर्दै आईरहेको छ, यसैले दाउरा पाउन अहिले कठीन मात्र होइन असम्भव पनि छ। त्यसर्थ कसैको अन्तिम संस्कार निक्कै मुश्किल पर्छ।

त्यसबाहेक खरसाङमा मात्रै पनि ४८०० रूपियाँ दाउराको लाग्छ भने शव बोक्ने गाडीको १५०० छ औ अन्तिम संस्कार गराउनेलाई चियाखाजा इत्यादिको व्यवस्था गर्दा मृत्यु परेका घरका मानिसहरूलाई धेरै आर्थिक तंगी हुन्छ भन्दै यस्तै असुविधाहरूलाई मध्यनजर राखेर कम्ती खर्चमा मानिसहरूले शवको अन्तिम संस्कार गर्न सकुन भन्ने उद्धेश्य लिएर ग्यास आधारित शवदाह गृह निर्माण गर्ने पहल गरेको बताए तथा चाँडै नै खरसाङ शहरमा यस प्रकारको शवदाह गृह बनाउने दिशामा तीब्रता ल्याउन तिनीहरू दिल्ली प्रस्थान गरेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement