लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन

IMG-20250623-WA0064

स्थानीयहरुद्वारा स्वागत

खरसाङ: तीनधारे महानदी समष्टिको घैयाबारीस्थित अस्पताल (प्राथमिक स्वास्थ केन्द्र) मा लगभग एक महिनापछि डाक्टर आएका छन्‌। विगत केही समयदेखि यता घैयाबारी अस्पताल डाक्टरबिना नै सञ्चालन भईरहेको थियो। उक्त समस्यालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा सोमबारदेखि घैयाबारी अस्पतालमा डाक्टर आएका छन्।‌ सोमबारदेखि घैयाबारी अस्पतालमा बाघगौडा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर मेहताब आलम आएका छन्। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, पञ्चायत सदस्याहरु चन्दना तामाङ र मिट्ठु लामा राई साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म र पार्टी प्रतिनिधिहरु रुपेस गदाल र बिजेन्द्र ठटाल उपस्थित भएर नयाँ डाक्टरलाई स्वागत जनाएका थिए। यस अवसरमा बिपन विश्वकर्मको अगुवाईमा नयाँ डाक्टरसित बातचीत पनि गरेका छन्। यस अवसरमा नयाँ डाक्टरले सुकना खण्ड स्वास्थ्य केन्द्रबाट आधिकारिक रुपमा अर्डर आएर मात्र यहाँ स्थायी रुपमा आउन सक्ने नत्र अहिले बाघगौडा प्राथमिक स्वास्थ केन्द्र पनि हेर्नु परेकोले ३-३ दिन गरेर दुवैतिर हेर्नु पर्ने भएको बताएको भनी बिपन विश्वकर्मले‌ जानकारी गराएका छन्‌‌। उनको अगुवाईमा नयाँ डाक्टरसित विभिन्न समस्याहरु र विभिन्न विषयमा चर्चा परिचर्चा गरेका थिए। उक्त चर्चा परिचर्चा र भेटघाटपछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टर आएको र यसमा क्षेत्रीय सभासद नवराज छेत्री र स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहल र सहयोगमा एकजना नयाँ डाक्टर आएको बताएका छन्।

उनले नयाँ डाक्टरलाई स्वागत जनाइएको बताउँदै नयाँ डाक्टरसित बातचीत गरेपछि थाहा भए अनुसार नयाँ डाक्टर पनि सुकना खण्ड स्वास्थ्य केन्द्रबाट आधिकारिक रुपमा अर्डर आएर मात्र यहाँ स्थायी रुपमा आउने‌ र अहिले भने बाघगौडा प्राथमिक स्वास्थ केन्द्रलाई पनि हेर्नु पर्ने भएको र दुवैपट्टि ३-३ दिन गरेर आउने बताएको पनि जानकारी गराएका छन्। यस विषयमा क्षेत्रीय सभासद नवराज छेत्री र स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पासित पनि बातचीत गर्ने बिपन विश्वकर्मले‌ बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement