एमसीए-सँग एनओसी मागे पृथ्वी सावले

IMG-20250623-WA0062

मुम्बई: पृथ्वी सावको मुम्बई क्रिकेट एसोसिएशन (एमसीए)-सँग अनापत्ति प्रमाण पत्र (एनओसी) मागेका छन्। उनले अन्य राज्यबाट क्रिकेट खेल्ने सम्भावना छ। भारतका सबैभन्दा प्रतिभाशाली क्रिकेटरहरूमा एक २५ वर्षीय ब्याटर असंगत प्रदर्शन र मैदान बाहिरको मुद्दाहरूले गर्दा आफ्नो गृह राज्यदेखि बाहिर नयाँ शुरुवात गर्न चाहन्छन्। एकजना वरिष्ठ एमसीए अधिकारीले भने, पृथ्वीले हामीसँग एनओसी मागेका छन् अनि यसमाथि चाँड़ै निर्णय लिइनेछ। गत केही सीजनदेखि पृथ्वीको मुम्बईका चयनकर्ताहरूसँग सम्बन्ध लगातार खराब रहेको छ अनि यसको मुख्य कारण उनको फिटनेस मानिएको छ। बारम्बार फिटनेसमाथि ध्यान दिनु भनिए पनि पृथ्वीले एमसीए-को कुराहरूमाथि रूची देखाएका छैनन्। रिपोर्ट अनुसार, पृथ्वीलाई अन्य २-३ वटा राज्यबाट प्रस्ताव प्राप्त भएको छ। अब एमसीए-बाट एनओसी प्राप्त भए उनले २०२५-२६ घरेलु सीजनको निम्ति अन्य राज्यको टीमसँग पञ्जीकरण गराउन सक्नेछन्। खराब फिटनेस र कप्तानसँग दुर्व्यवहारले गर्दा पृथ्वीलाई गत सीजनमा रणजी ट्रफी टीमबाट बाहिर गरिएको थियो। पृथ्वीले २०१८-मा पदार्पण म्याचमै शतक बनाएपछि पनि अहिलेसम्म केवल ५ वटा टेस्ट म्याच खेलेका छन्, जसमा ४२.३७-को औसतले ३३९ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement