खरसाङ: भारतीय सेनाको आसाम राइफल्सद्वारा खरसाङमा सोमवार यसै विभागका भूतपूर्व सैनिक तथा तिनीहरूका परिवारहरूको विभिन्न समस्याहरू समाधान हेतु यहाँको भूतपूर्व असम राइफल्स भूतपूर्व सैनिक कार्यालयमा एक सेवामूलक कार्यक्रम राखिएको थियो। आरएस पठानिया, टु वाइएसको नेतृत्वमा तथा लेफटनेण्ट जेनरल विकास लकेराको निर्देशमा आएका टोलीले असम राइफल्स अन्तर्गत भूतपूर्व सैनिक सङ्गठनका सदस्यहरूको दुखेसो बुझ्न तथा तिनीहरूका पेन्सिन, स्वस्थ्य लगायतका विभिन्न समस्याहरू बुझ्न औ त्यसको सामाधान गर्न खरसाङ आएका थिए। तिनीहरूले आसामा राइफल्समा अवकाश ग्रहण गरेका जवानहरू तथा तिनीहरूका परिवारहरूको विभिन्न समस्याहरू बुझे तथा ती समस्याहरूको सामाधान गर्ने दिशामा कार्य गरे। यस अवधि स्वस्थ्य सम्बन्धी जानकारी लिन तथा जाँच गर्न पनि विभागीय अधिकारीहरू पनि उपस्थित थिए भने तिनीहरूले यसबारे सबै जानकारीहरू लिए। कायक्रमबारे जानकारी दिँदै असम राइफल्स भूतपूर्व सैनिक सङ्गठनका सचिव भूतपूर्व हवलदार नर्सिङ सहायक किरण प्रदान दर्नाल अनि भूतपूर्व सुवेदान रमेश कुमार सुनारले खरसाङमा यसरी प्रथमपल्ट लेफटनेण्ट जेनरल विकास लकेराको निर्देशमा तथा आरएस पठानिया, टु वाइएसको नेतृत्वमा असम राइफल्सका भूतपूर्व सैनिक तथा तिनीहरूका परिवारहरूको विभिन्न समस्याहरू बुझ्न तथा ती समस्याहरूको समाधान गर्नको निम्ति यसरी आइदिएकोमा सम्पूर्ण असम राइफल्स अनि आरएस पठानिया, लेफटनेण्ड जेनरल विकास लकेरा लगायत सबै अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरे।

तिनीहरूले सङ्गठनका धेरै सदस्यहरूको विभिन्न समस्याहरू थिए भन्दै यस प्रकारको कार्यक्रमले सदस्यहरूले धेरै राहत अनुभव गरेको बताए। यस प्रकारको कार्यक्रम अब दार्जीलिङ, कालेबुङ आनि सालुगढामा पनि हुने जानकारी दिएका छन्।