अन्तर्राष्ट्रिय हकीबाट सन्न्यास लिए ललित उपाध्यायले

IMG-20250623-WA0057

नयाँ दिल्ली: अनुभवी फरवर्ड ललित उपाध्यायले अन्तर्राष्ट्रिय हकीबाट सन्न्यास लिने फसेला गरेका छन्। उनले आफ्नो सोशल मीडिया ह्याण्डलको माध्यमले यस्तो जानकारी दिएका छन्। उनले लेखेका छन्, आज म अन्तर्राष्ट्रिय हकीबाट सन्न्यासको घोषणा गरिरहेको छु। ललित टोक्यो र पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय पुरुष हकी टीमका हिस्सा थिए। ललितले २०१४-मा अन्तर्राष्ट्रिय हकीमा पदार्पण गरेका थिए। दुईवटा ओलम्पिकमा पदक जित्नु उनको करियरको सबैभन्दा ठूलो उपलब्धि रह्यो। उनी टोक्यो २०२० ओलम्पिकमा इतिहास रच्ने टीमको महत्त्वपूर्ण हिस्सा थिए। भारतले त्यस समय लामो अन्तरालपछि ओलम्पिक पदक जितेको थियो। त्यसपछि २०२४ पेरिस ओलम्पिकमा भारतले फेरि काँस्य पदक जित्दा पनि ललित टीमको अभिन्न अंग थिए।
ललितले आइतवार बेल्जियमविरुद्ध एफआईएच प्रो लीग २०२४-२५ सीजनको यूरोपेलियन चरणमा भारतको अन्तिम म्याचको तुरन्तै पछि सोशल मीडियामा पोस्ट गरेर अन्तर्राष्ट्रिय हकीबाट सन्न्यासको घोषणा गरे। उनले भने, यो यात्रा एउटा सानो गाउँबाट शुरु भएको थियो, जहाँ संसाधन सीमित भए पनि सपना असीमित थियो। स्टिंग अपरेशनदेखि लिएर एकपल्ट नभएर दुईपल्ट ओलम्पिक पोडियममा पुग्ने यो यात्रा चुनौती, विकास र अविस्मरणीय गौरवले भरिएको रह्यो। २६ सालपछि आफ्नो शहरबाट पहिलो ओलम्पियन बन्ने सम्मानलाई म सदा मनमा सम्हालेर राख्नेछु। गोल गर्ने अद्भूत क्षमतामा भएको ललितले सीनियर स्तरमा भारतको निम्ति १८३ वटा म्याच खेलेर ६७ गोल गरे। ३१ वर्षीय खेलाड़ीले भारतको निम्ति आफ्नो अन्तिम म्याच १५ जूनमा अष्ट्रेलियाविरुद्ध खेले। भारतीय हकीमा ललितको योगदानहरूलाई उल्लेख गर्दै हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीले उनलाई आफ्नो पीढ़ीका सबैभन्दा असाधारण र समर्पित फरवर्ड बताए। ललितले ओलम्पिक बाहेक २०१६ एशियन च्याम्पियन्स ट्रफी र २०१७ एशिया कपमा भारतको जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतीय हकीमा उनको योगदानको निम्ति ललितलाई २०२१-मा अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement