आलोचकहरूलाई भुलेर आफ्नो काममा ध्यान दिन चाहन्छन् जसप्रीत बुमराह

IMG-20250623-WA0038

लीड्स: जसप्रीत बुमराहका आलोचकहरूले आफ्नो अद्भूत बलिंग एक्शन र चोटले गर्दा उनी ८-१० महिनामा आकाशबाट झरेर धरातलमा पुग्ने अनुमान लगाएका थिए तर आफ्नो आत्मविश्वासको दममा यस भारतीय पेस बलरले अन्तर्राष्ट्रिय क्रिकेटमा एक दशक पूरा गरिसकेका छन्। बुमराहले लीड्समा जारी पहिलो टेस्ट म्याचमा पनि ईंग्ल्याण्डको पहिलो ईनिंग्समा ८३ रन खर्च गरी ५ विकेट लिए। टेस्ट क्रिकेटमा १४औं पल्ट ईनिंग्समा ५ या त्यसभन्दा अधिक विकेट हासिल गरेपछि बुमराहले आफ्नो सफलताको राज बताए। चोट लागेपछि धेरैले उनको करियर समाप्त भएको ठान्छन् अनि यस्तो सुन्दा कस्तो अनुभव हुन्छ भन्ने प्रश्नको जवाफमा बुमराहले भने, मानिसहरूलाई यी सालहरूमा म केवल ८ महिना खेल्नेछु भन्ने लाग्थ्यो। धेरैले केवल १० महिना खेल्न सक्ने बताएका थिए तर अहिले मैले १० साल अन्तर्राष्ट्रिय क्रिकेट र १२-१३ साल आईपीएल खेलिसकेको छु। यहाँसम्म कि अहिले पनि मानिसहरू (हरेक चोटपछि) मैले अब खेल्न नसक्ने दावी गरिरहेका हुन्छन्। उनीहरूलाई आफ्नो कुरा भन्न दिनुहोस् अनि म आफ्नो काम गर्नेछु। हरेक ४ महिनामा यो कुराहरू आइरहनेछ तर ईश्वरको कृपा रहुञ्जेलसम्म म खेल्न जारी राख्नेछु। म आफ्नो तर्फबाट सर्वश्रेष्ठ तयारी गर्छु अनि अन्य सबै कुरा ईश्वरमाथि छोड़िदिन्छु।
ईंग्ल्याण्डलाई पहिलो ईनिंग्सको आधारमा बढ़त हासिल गर्नदेखि रोक्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बुमराहले बताएअनुसार, उनी यस खेलमा मानिसहरूका धारणा बद्लिन आएका होइनन्। उनले भने, मानिसहरूले के भन्छन् या लेख्छन् भन्ने मेरो नियन्त्रणमा छैन। म उनीहरूलाई सल्लाह दिन पनि सक्दिनँ। मेरो विषयमा बोलेर या लेखेर उनीरूलाई श्रोता या पाठक प्राप्त हुन्छ भने मलाई कुनै समस्या छैन। ईंग्ल्याण्डविरुद्ध जारी म्याचबारे बुमराहले बताएअनुसार, अहिले विकेट ब्याटिंगको निम्ति असल रहेको छ तर समयको साथ पीच चर्किने सम्भावना छ। उनले भने, अहिले त यो विकेट ब्याटिंगको निम्ति राम्रो छ। दोहोरो गति रहे पनि विकेटमा अधिक समस्या छैन। मौसमले गर्दा नयाँ बल स्विंग हुनेछ अनि टेस्ट क्रिकेटमा यही आशा गर्न सकिन्छ। समयको साथ विकेट चर्किन शुरु गर्ने आशा छ। हामीले ठूलो स्कोर बनाएर विपक्षी टीमलाई मुश्किल लक्ष्य दिनु पर्नेछ। म्याचमा एकाधिक क्याच छोड़ेको प्रसंगमा बुमराहले भने, यो सब खेलको हिस्सा हो। हामीले यसबारे अधिक नसोचेर आफ्नो खेलमा ध्यान दिनु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement