ब्राउन सुगरसितै एक व्यक्ति पक्राउ

IMG-20250622-WA0114

सोरेङ: सोरेङ पुलिसले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी इस्लामपुर निवासी अखिल अख्तर को रूपमा चिन्हित गरेको छ। हाल उनी सोरेङ जिल्लाको डाँडा गाउँमा बस्दै आइरहेका छन्। पुलिसले जानकारी गराएअनुसार आरोपीलाई हिजो अपरान्ह चारबजी भीरडाँडा नजिक चर्च फाटकबाट पक्राउ गरेको हो। आरोपी सिलगढीदेखि एउटा ट्याक्सीमा सोरेङ आउने क्रममा पुलिसले शंकाको आधारमा पक्राउ गरेको थियो। जाँचकोको क्रममा आरोपीबाट ८.३३ ग्राम ब्राउन सुगर फेला परेको थियो। कालो प्लास्टिकमा पोकोबारेर उनले सिलगढीबाट ब्राउन सुगर लिएर आएको पुलिसले बताएको छ। आरोपीविरूद्ध पुलिसले एनडीपीएस एक्ट १९८५ र भारतीय न्याय संहिता २०२३ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। आरोपी अख्तर पेशाले लुगा व्यापारी हुन् भने सिलाउने काम पनि गर्दछन्। पुलिसले धेरै दिनदेखि उनीमाथि कडा निगरानी राख्दै आइरहेको थियो। सोरेङ जिल्ला पुलिसले सोरेङ जिल्लालाई नशामुक्त बनाउनको निम्ति प्रतिवद्ध रहेको र यस अभियानलाई सफल तुल्याउन आम मानिस साथै विभिन्न संघ संस्थाहरूलाई पनि नशालु पदार्थविरूदधको लडाइमा साथ दिने आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement