ओभिया आर्ट सर्कलद्वारा कला वार्तासंगै कलाकारलाई सम्मान

IMG-20250622-WA0115

गान्तोक: ओभिया आर्ट सर्कल, सिक्किमको आयोजनमा सिक्किम अकादमीको कार्यालयमा एक कला वार्ता तथा कलाकार सम्मान कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नापूर्णा आले मुख्य अतिथिकारूपमा उपस्थित थिइन्। यस अवसरमा हालै सिक्किम अकादेमी पुरस्कारद्वारा अलङ्कृत प्रबुद्ध कलाकार सेवन राई, वरिष्ठ चित्रकार हेम खवाससहित अन्य १९ जना युवा कलाकारहरूलाई सम्मान जनाइयो। यसरी नै राज्यमा कला प्रवर्द्धनमा विशेष योगदान पुर्यारउँदै आएकी सचिव आलेलाई पनि अभिनन्दन जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै आलेले ओभिया आर्ट सर्कलले जोरथाङ माघे मेलामा पुर्यायएको कलात्मक योगदान तथा युवापुस्तामा कलाप्रतिको अभिरुचि विकास गर्ने प्रयत्नको उच्च सराहना गर्दै सर्कलबाट अझ धेरै योगदानको अपेक्षा रहने विचार व्यक्त गरिन्। यसका साथै उनले आगामी दिनहरूमा ओभिया आर्ट सर्कलसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले युवा कलाकारहरूलाई निरन्तर अभ्यास, लगनशीलता र सिर्जनशीलताको बाटोमा अघि बढ्ने प्रोत्साहित गरिन्। कार्यक्रममा सर्कलकी अध्यक्ष दीपा राईले राज्यका कलाकारहरूका विकासमा सूचना तथा जनसम्पर्क विभाग तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै ओभिया आर्ट सर्कलप्रति विश्वास गरेकोमा कृतज्ञता प्रकट गरिन्। यसरी नै महासचिव दिवाकर लामिछानेले युवा कलाकारहरूलाई सर्कलसित जोडिएर निरन्तर कला अभ्यासमा लागिरहनु पर्ने कुरामा जोड दिँदै सिक्ने भावनाको विकास गर्न आग्रह गरे। कार्यक्रमको विशेष आकर्षणकारूपमा कलाकार सेवन राईको कला वार्ता रहेको थियो। फाइन आर्टमा स्नातकोत्तर तथा म्युजियोलोजीको अध्ययनरत राईको कलाबारे दृष्टिकोण र अनुभवले युवा कलाकारहरूलाई प्रेरणा प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement