गान्तोक: सिक्किम बास्केटबल लिग २०२५ आजदेखि राजधानीस्थित पाल्जोर स्टेडियमको इन्डोर कम्पलेक्समा शुरू भयो। यस कार्यक्रममा मुख्य अतिथि रहेका सोरेमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले खेलाड़ीहरुलाई हौसला दिए। उदघाटन कार्यक्रममा नाथाङ माचोङकी क्षेत्र विधायक पामिन लेप्चा, सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटिया लगायत अन्य विशिष्टव्यक्तिहरुको उपस्थिति रहेको थियो। विधायकद्वय आदित्य गोले र पामिन लेप्चाले सहभागीहरूलाई बधाई दिँदै उनीहरूको समर्पण र उत्साहजनक प्रदर्शनको प्रशंसा गरे। विधायक गोलेले खेलाड़ीहरूलाई राज्यको गौरव बताउँदै यस्ता कार्यक्रमहरूमा सहभागिताका निम्ति प्रोत्साहित गरे।