युवाहरुलाई एनसीसीमा संलग्न गराउन प्रेरित गर्नुपर्छः मुख्यमन्त्री
गान्तोक: सिक्किम अनि दार्जीलिङका एनसीसी ग्रुप कमाण्डर मुकेश गुरूङले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले कमाण्डर गुरूङसँग एनसीसीद्वारा भविष्यमा गरिने कार्य विस्तार र योजनाहरूमाथि छलफल गरे। यसबीच युवा सहभागितालाई सुदृढ पार्न गरिएका विभिन्न पहलथि प्रमुखता दिएका थिए। सिक्किमका युवाहरूलाई एनसीसीसँग संलग्न गराउने, अनुशासन र नेतृत्व विकासलाई बढावा दिने साथै उनीहरूको सुरक्षित भविष्य तथा रोजगारीको सम्भावनालाई बढाउने कुरामा पनि दुवैले छलफल गरेका थिए। मुख्यमन्त्री तामाङले युवाहरुलाई यस दिशामा अधिक प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिँदै सरकारको तर्फबाट हुने महयोगको प्रतिवद्धता स्पष्ट पारे। यसका साथै अधिकत्तर युवाहरुलाई एनसीसीमा संलग्न गराउने विकल्पमाथि पनि मुख्यमन्त्रीले विचार जाहेर गरेका थे।