लीड्स: भारतले पेस बलर जसप्रीत बुमराहको उत्कृष्ट प्रदर्शनको सहायताले ईंग्ल्याण्डविरुद्ध जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन पहिलो ईनिंग्सको आधारमा ६ रनको बढ़त हासिल गऱ्यो। आइतवार ईंग्ल्याण्डको पहिलो ईनिंग्स आज ४६५ रनमा समाप्त भयो। भारतीय बलरहरूमा बुमराहले सर्वाधिक ५ विकेट लिए। यसबाहेक प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले २ विकेट लिए। ईंग्ल्याण्डको तर्फबाट ओली पोपले सर्वाधिक १०६ रन बनाए। उनले १३७ बल खेलेर १४ वटा चौका लगाए। ह्यारी ब्रूकले ११२ बलमा ११ वटा चौका र २ वटा छक्काको सहायताले ९९ रन बनाए। यसबाहेक बेन डकेटले ९४ बल खेलेर ९ वटा चौकाको साथ ६२ रन बनाए। दोस्रो दिनको स्कोर ३ विकेटमा २०९ रनदेखि अघि खेल्दै आज ईंग्ल्याण्डले पोपको विकेट चाँड़ै गुमायो। उनलाई कृष्णाले आउट गरे। यसरी २२५ रनमा चौथो विकेटको पतन भएपछि ब्रूकले कप्तान बेन स्टोक्ससँग पाँचौं विकेटको निम्ति ५१ रनको पार्टनरशीप गरे। स्टोक्स २० रन बनाएर सिराजको बलमा आउट भए। कप्तानलाई गुमाएपछि ब्रूकले जेमी स्मिथबाट असल साथ पाए अनि यी दुईजनाले पाँचौं विकेटको निम्ति ७३ रनको पार्टनरशीप गरे। स्मिथले ५२ बल खेलेर ५ वटा चौका र एउटा छक्काको साथ ४० रन बनाए।
कृष्णाको बलिंगमा स्मिथ आउट भएपछि ब्रूक र क्रिस वोक्सले मिलेर स्कोर ३९८ रनसम्म पुऱ्याए। शतकको नजिक पुगेर ब्रूक आउट भए। उनको विकेट कृष्णाले हासिल गरे। त्यसपछि वोक्सले ब्रायडन कार्ससँग मिलेर आठौं विकेटको निम्ति ५५ रनको पार्टनरशीप गरी ईंग्ल्याण्डको स्कोर ४५० पारी पुऱ्याए। कार्सले २२ रन बनाए। कार्स आउट भएपछि ईंग्ल्याण्डको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। वोक्सलाई बुमराहले बोल्ड गरे, जसले ५५ बलमा ३८ रन बनाए, जसमा ३ वटा चौका र २ छक्का सामेल छ। बुमराहले पछिबाट जोश टंगलाई बोल्ड गरेर ईंग्ल्याण्डको पहिलो ईनिंग्समा विराम लगाए। त्यसपछि भारतले तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा यशस्वी जयसवाल (४ रन) र साई सुदर्शन (३० रन)-को विकेट गुमाएर ९० रन बनाएको थियो। केएल राहुल ४७ र कप्तान शुभमन गिल ६ रनमा अविजित छन्।








