तिमी चियाबगान आत्मनिर्भरताको मुख्य विकल्प भएको छः पर्यटन मन्त्री

IMG-20250623-WA0000

नाम्ची: सिक्किमको एक मात्र सरकारी चिया बगान तिमी चियाबगान प्रबन्धनले एक कार्यक्रम आयोजन गरी राज्यको ५०औं वर्षगाँठ महोत्सवमा आफ्नो सहभागिता जनायो। कार्यक्रममा सिक्किम सरकारका पर्यटन एवं नागरिक उडडन विभागीय मन्त्री छिरिङ टी. भोटिया मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। नाम्ची जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष अञ्जीता राजालिम, पूर्व अध्यक्ष टाशी छिरिङ भोटिया लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा तिमी चियाबगानको इतिहास सम्वन्धी कुजू चित्रको अनावरण गरियो। यसलाई तिमी चियाबगानमा राखिएको छ। सोही क्रममा मन्त्री भोटियाले तिमी चियाको दोस्रो टिपाई उत्पादको शुरु गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले तिमी चियाबगानको ऐतिहासिक महत्वबारे जानकारी गराउँदै यस चियाबगानले पछिल्ला १९६९ को छोग्याल राजाको समयदेखि नै उत्पादन गर्दै आएको बताए। उनले थप जानकारी गराएअनुसार चिया बगान प्रबन्धनले स्थानीय रोजगारीका लागि नयाँ अवसरहरू सिर्जना गर्दै एको जानकारी गराउँदै चियाबगानमार्फत दिगो जीविकोपार्जन माध्यमद्वारा युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने बताए। आत्मनिर्भरताबारे बोल्दै मन्त्री भोटियाले ‘एक परिवार एक उद्यामी’ पहल र राज्य सरकारले शुरू गरेका अन्य विभिन्न सीपमुलक विकास कार्यक्रमहरूले युवाहरुलाई रोजगारमुखी बनाउँदै आएको उल्लेख गरे। जनताको कल्याण र उत्थानप्रति सरकारले प्रतिबद्धतासित काम गर्दै आएको दाबी गर्दै मन्त्री भोटियाले नागरिकहरूलाई रचनात्मक र प्रगतिशील समाज निर्माणमा सक्रियरूपमा योगदान पुऱ्याउनै आग्रह गरे। यसबाहेक मन्त्री भोटियाले राज्यका सेवानिवृत्त कर्मचारीहरूलाई उनीहरूको अटल प्रतिबद्ध सेवाको लागि कृतज्ञता व्यक्त गरे। यस क्रममा तिमी चिया बगानका अध्यक्ष आरके वालिङले तिमी चियाबारीको उज्ज्वल भविष्य र दिगो कृषिलाई अघि बढाउने कुरामा जोड़ दिए। उनले इको-टुरिज्म प्रवर्द्धन र क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्न तिमी चियाबगानको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। अध्यक्ष खालिङले नयाँ उत्पादनहरू बजार व्यवस्थापन रणनीतिलाई आत्मसाथ गर्दै अघि लाने सल्लाह दिए। तिमी चियाबगानले पर्यटन विकासमा पनि उल्लेखनीय योगदान दिँदै आएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement