कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशन को तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग)-मा आइतवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएको म्याचमा कालेबुङ पुलिसले ब्रदर्स बाई हार्टविरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अनिवेश गुरुङले २ गोल गरे। यसबाहेक अजय तामाङ, सप्तक शेर्पा र बिरेन राईले १-१ गोल गरे। यसरी ब्रदर्स बाई हार्टको तर्फबाट एनोस लेप्चाले १ गोल गरे। विजेता टीमका कप्तान सप्तक शेर्पाले प्लेयर अव् द म्याच को पुरस्कार जिते।