मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज संस्थापक अध्यक्ष सुवास घिसिङको ८९औं जन्मजयन्ती मनाएका छन्। सुवास घिसिङ स्मृति पार्क मञ्जु मिरिकमा गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल विधायक निरज जिम्बा, केन्द्रीय समिति सदस्यगण, सम्पूर्ण भातृ संगठन लगायत गोरामुमो कार्यकर्ताद्वारा सुवास घिसिङको समाधिमा दीप प्रज्जवलनको साथमा मिरिक साई मण्डलीद्वारा भजन कृतन गरी खदा माला लगाएर सुवास घिसिङ जन्मजयन्ती मनाए। केन्द्रीय समिति प्रवक्ता वाई लामाले आफ्नो विज्ञप्ति जारी गर्दै भने, गोर्खाहरुलाई राजनीतिको परिभाषा सिकाउने र १९८६ सालको आन्दोलनमार्फत् दार्जीलिङ गोर्खा पार्वतीय परिषद गठन भएपछि दार्जीलिङको भूभाग गोर्खाहरुको किपट हो भनी भारत वर्षभरि परिचय गराएका छन्। सुवास घिसिङको दार्शनिक राजनैतिकको कारण आज विश्वले उनलाई चिन्छ। यसैकारण उनलाई गोर्खा पिता भनेर उपाधि पनि दिएका छन्। सुवास घिसिङको कुशल राजनैतिक टेकको कारण कारणले गर्दा गोर्खाहरुले आज परिचय पाएको साथै गोर्खाहरुको संस्कृति, परम्परालाई सुरक्षा प्रदान गर्न हेतु कार्य कार्य गर्नु भएका थिए उनको सपनालाई पूरा गर्न पार्टी अध्यक्ष मन घिसिङ, सम्पूर्ण नेतृत्ववर्ग लगायत कार्यकर्ताहरुको जिम्मेवारी हो साथै गोरामुमो यसको निम्ति निरन्तर लागि परेका छन्। सुवास घिसिङ एक राष्ट्र प्रेमी थिए। भारतीय गोर्खाहरुको राष्ट्र प्रेममा शंकाको दृष्टिकोणले हेर्नू हुदैन अब भारत सरकारले सुवास घिसिङले देखेको राजनैतिक समाधान चाडो भन्दा चाडो पूरा गर्नु पर्छ। अनि सुवास घिसिङले देखेको सपनामा उम्रिरहेको संघर्ष गरिरहेको नयाँ भावी पिढीहरुले पनि न्याय पाएको हुन पर्छ। यदि भारत सरकारले गोर्खाहरुलाई माया गर्छ भने सुवास घिसिङलाई माया गर्छ भने न्याय दिन्छ भने सुवास घिसिङले देखाएको राजनैतिक मांग पूरा गर्नु पर्छ उनको राष्ट्र प्रेमको निम्ति राष्ट्र हितको निम्ति राष्ट्रिय सुरक्षाको निम्ति। यदि भारत सरकारले गोर्खाहरुलाई न्याय दिन्छ भने सुवास घिसिङले देखेको राजनैतिक समाधान दिन्छ भने एउटा साँचो उपहार हुनेछ। आज यो जाति र माटोको अवस्था देखेर सुवास घिसिङको मन दुखेको छ। यसकारण अब भरत सरकारले चाढोभन्दा चाढो गोर्खाहरुको दु:खेको मनलाई शान्त पार्दै न्याय दिनुपर्छ।

अन्त्यमा सबैलाई आजको कार्यक्रमलाई सफल तुल्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन्दै सुवास घिसिङको जन्मजयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं भनी वाई लामाले आफ्नो विज्ञप्तिमा जाहेर गरेका छन्।