खरसाङ: खरसाङ क्षेत्रका विभिन्न धरोहर स्थानहरुलाई प्रमोट गर्न तथा यहाँको धरोहरहरूलाई पर्यटकहरुमाझ चिनाउन र यसमार्फत् पनि पर्यटनलाई अघि बढाएर लाने उद्देश्यको साथमा आजदेखि खरसाङ हेरिटेज वर्क शुरु गरिएको छ। उक्त खरसाङ हेरिटेज वर्कको आयोजना खरसाङ हेरिटेज वर्क टिमको आयोजनामा खरसाङको रेलवे स्टेशनदेखि शुरु गरिएको छ। उक्त खरसाङ हेरिटेज वर्क खरसाङको महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकको सुझावमा शुरु गरिएको बताइएको छ। खरसाङ आउने पर्यटकहरुलाई यस क्षेत्रका विभिन्न धरोहर स्थानहरुलाई चिनाउने उद्देश्यले शुरु गरिएको छ। पहिलो दिन सम्पन्न खरसाङ हेरिटेज वर्कमा पर्यटकहरुलाई खरसाङ रेलवे स्टेशन, खरसाङको एउटा पुरानो चर्च सन्त एन्ड्र्यु चर्च, आकाशवाणी खरसाङ देखाएर चिनाउने काम गरिएको छ। त्यसरी नै खरसाङ महकुमा शासकको कार्यालय, खरसाङको पुरानो शमसान घाट र स्प्रिङ साइडको चिया बगानको कारखाना आदि भ्रमण गराइएको छ। यस कारखानामा विशेष गरेर चियापत्ती कसरी बनाइन्छ भन्ने विषयमा पनि पर्यटकहरुलाई देखाइएको छ। आज पहिलो दिनको खरसाङ हेरिटेज वर्कमा खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह साथै खरसाङ हेरिटेज वर्कको टिमका सदस्यहरुमा मुख्य लिडर अमीत थापा, सहायक दिपराज पराजुली, संयोजक ऋषि प्रधान र विधान गुरुङ पनि उपस्थित रहेका थिए। पहिलो दिनको हेरिटेज वर्कमा बंगाल र गुजरातको गरेर १५ देखि २० जना पर्यटकहरु उपस्थित रहेको जानकारी संयोजक ऋषि प्रधानले जानकारी गराएका छन्।

उनले यो खरसाङ हेरिटेज वर्क हप्तामा एकपल्ट निरन्तर रुपमा हुने बताएका छन्। उनले यो खरसाङ हेरिटेज वर्कको सुझाव खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपकले दिएको बताउँदै अब आगामी दिनमा फेरि खरसाङ क्षेत्रमा रहेको अन्य विभिन्न धरोहर स्थलहरु चिनाउन र पर्यटनलाई बढावा दिनलाई निरन्तर गरिने जानकारी गराएका छन्।