जीर्णावस्थामा गिताङ्गे प्राथमिक पाठशाला भवन

IMG-20250622-WA0092

जीटीएबाट नयाँ भवन निर्माणको‌ आशामा स्थानीयहरु

तीनधारे: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको गिताङ्गे चियाबारीमा रहेको प्राथमिक पाठशाला एकदमै जीर्णावस्थामा पुगेको छ। उक्त गिताङ्गे प्राथमिक पाठशाला भनेको जस्तो मरमत्ति नगरिएको कारणले एकदमै जीर्णावस्थामा पुगेको छ। जीर्णावस्थामा पुगेको गिताङ्गे प्राथमिक पाठशाला पानी झरी र हावाले छाना उप्काएर झनै जीर्णावस्थामा पुगेको छ। केही दिनदेखि परिरहेको अविरल पानी झरी र हावाले गिताङ्गे प्राथमिक पाठशालाको छाना उप्काएर क्षतिग्रस्त बनाई दिएको स्थानीयहरुले बताएका छन्। सन् १९८५ मा स्थापना भएको गिताङ्गे प्राथमिक पाठशाला भवन एकदमै जीर्णावस्थामा पुगेको कारणले नानीहरुको पढाईमा पनि धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। अहिले यस पाठशालामा जम्मा ११ जना विद्यार्थीहरु रहे पनि शिक्षक शिक्षिकाहरु भने कम रहेको बताइएको छ‌‌। अहिले यस पाठशालामा एकजना स्थायी शिक्षिका र एकजना एडहक शिक्षक रहेका छन्। गिताङ्गे प्राथमिक पाठशालाको भवन एकदमै जीर्णावस्थामा पुगेको र त्यही माथि केही दिनदेखि परिरहेको अविरल वर्षा र हावाले पाठशालाको छाना उप्काएर क्षतिग्रस्त बनाएको कारणले नानीहरुको पठन पाठनमा असुविधा भईरहेको स्थानीयहरुको‌ तर्फबाट साजन थापाले बताएका छन्‌। उनले पाठशालाको यस्तो दयनीय अवस्थालाई हेरेर जीटीएका प्रमुख कार्यपाल अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान समक्ष निवेदन गर्दै जीटीएले गिताङ्गे प्राथमिक पाठशालाको नयाँ भवन निर्माण गरिदिने निवेदन गरेका छन्। उनले पुरानो प्राथमिक पाठशाला भए‌ पनि गिताङ्गे प्राथमिक पाठशालाको भवन निर्माण नभएर नानीहरुको पठन पाठनमा असुविधा भईरहेको र यो पाठशालाको नयाँ भवन निर्माण हुन सके यस क्षेत्रकाे नानीहरुको शिक्षामा उन्नति हुने र पठन पाठनमा‌ उन्नति‌ हुने बताएका छन्‌। उनले सम्पूर्ण गिताङ्गे क्षेत्रको जनसाधारणको तर्फबाट जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले‌ नयाँ भवन निर्माण गरिदिए‌ धेरै असल‌ हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement