खरसाङ: नारी सिप विकास संघ खरसाङको आयोजनामा आईतबार खरसाङको पर्यटकीय स्थल इगल क्य्राक क्षेत्रमा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। खरसाङ क्षेत्रका सक्रिय नारीहरुद्वारा गठित नारी सिप विकास संघले नारीहरुको उत्थान र नारी सशक्तिकरणको लागि कार्य गर्नको साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आईरहेका छन् भने आईतबार वृक्ष रोपणको कार्य पनि सम्पन्न गरेका छन्। आईतबार बिहान खरसाङको प्रसिद्ध पर्यटकीय स्थल इगल क्य्राक (दुर्बीन डाँडा) क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरेका छन्। उक्त कार्यको थालनी गर्न अघि नारी सिप विकास संघकी सभापति एंव पूर्व सभासद प्रभा छेत्रीले यसको उद्देश्य र औचित्य विषयमा जानकारी गराएकी थिइन्। उक्त वृक्ष रोपणको कार्य नारी सिप विकास संघकी सभापति प्रभा छेत्री, उप सभापति निरा प्रधान, सावित्री छेत्री, सचिव बिमला तामाङ, सह सचिव रेणु लेप्चा, भारती भुजेल र इन्दिरा राई, कोषाध्यक्षा रेणु प्रधान र दिपा छेत्री, सल्लाहकार राखी भुजेल लगायत अन्यहरुले बिरुवा रोपण गरेका थिए। त्यसरी नै अतिथिहरुमा खरसाङ पुलिस थानाको आईसी, ओसी सागर प्रधान, एसआई शरद छेत्री र अन्य पुलिसकर्मीहरु, मानवाधिकार राज्य सचिव पंकज गुप्त, क्यासल्टन चियाबारीको प्रबन्धक विवेक पाण्डे, सह प्रबन्धक रोहण चन्दा र अमरदीप सिंह, समाज सेवा समिति अप्पर सिरुबारीको सचिव राजकुमार सिंह लगायत अन्यहरु उपस्थित रहेर रहेर वृक्ष रोपणको कार्य गरेका थिए। यस अवसरमा सबैले खरसाङको पर्यटकीय स्थल इगल क्य्राकको वरिपरि र तलतिर बगान क्षेत्रमा अनि बाटो छेउछाउतिर वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ।

नारी सिप विकास संघको आयोजनामा सम्पन्न वृक्ष रोपणको कार्यमा ५०० वटा बिरुवाहरु डीएफओ देवेस पाण्डेको सहयोगमा बाघगौडा रेञ्जको रेञ्ज अफिसर सुनिल राईको तर्फबाट प्राप्त भएको र आज ५० वटा जति रोपिएको अनि अन्य बिरुवाहरु भोलिदेखि लगातार रुपमा खरसाङको विभिन्न स्थानहरुमा रोप्ने कार्य गरिने जानकारी प्राप्त भएको छ। खरसाङ क्षेत्रका सक्रिय नारीहरुद्वारा गठित नारी सिप विकास संघको स्थापना 1998 सालतिर भएपछि यसको पञ्जीकरण २००४-५ तिर भएको र नारी सिप विकास संघले नारीहरुको लागि विभिन्न कार्यहरु गर्दै आईरहेका छन्। नारी सिप विकास संघले नारीहरुको उत्थान र उन्नतिको निम्ति कार्य गर्दै आईरहेका छन्।

यस वृक्ष रोपणको कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नारी सिप विकास संघ खरसाङकी सभापति प्रभा छेत्रीले नारी सिप विकास संघले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेका छन् भने हेपाटाइटिसको शिविर, आर्थिक रुपमा कमजोर नानरीहरुलाई सहयोग, नारी सशक्तिकरणमाथि कार्य, नारी शोषण र घरेलु हिंसा विरुद्ध दैनिक रुपमा लगातर रुपमा कार्य साथै नारीहरुलाई आवश्यक परेको खण्डमा उपचारमा सहयोग, गरीब दु:खीलाई सहयोग आदि कार्य गर्दै आईरहेको जानकारी गराएका छन्। सभापति प्रभा छेत्रीले यस वृक्ष रोपणको कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्। उनले ५०० वटा विरुवामा ५० वटा रोपिएको अनि अरु बिरुवाहरु खरसाङको विभिन्न स्थानहरुमा रोप्ने कार्य नारी सिप विकास संघले गर्ने पनि जानकारी गराएका छन्।