फिफा क्लब वर्ल्ड कपः इण्टर मिलान र बोरुसिया डर्टमण्ड विजयी

Screenshot_20250622_132100_FotoCollage Maker

वाशिंगटन: फिफा क्लब वर्ल्ड कपमा इण्टर मिलान र बोरुसिया डर्टमण्डले पहिलो जीत हासिल गऱ्यो। इटलीको शीर्ष क्लब इण्टर मिलानले ग्रुप ई-को म्याचमा उरावा रेड्सविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। वाशिंगटनको लुमेन फील्डमा ८२ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानबाट लौटारो मार्टिनेजले ७८औं र भेलेण्टिन कार्बोनीले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी जापानको क्लबबाट ऱ्योमा वातानाबेले ११औं मिनटमा गोल गरे। यस ग्रुपमा अर्जेण्टिनाको क्लब रिभर प्लेट र मेक्सिकोको क्लब मोण्टेरेबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०) रह्यो। यस ग्रुपमा रिभर प्लेट र इण्टर मिलानसँग २-२ वटा म्याचमा ४-४ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा अर्जेण्टिनाई क्लब शीर्ष स्थानमा रहेको छ। ग्रुप एफ-मा जर्मनीको क्लब बोरुसिया डर्टमण्डले दक्षिण अफ्रिकी क्लब मामेलोदी सनडाउन्सलाई ४-३-ले पराजित गऱ्यो। म्याचमा शुरुमै गोल खाएपछि डर्टमण्डले असाधारण पुनरागमन गर्दै चाँड़ै ४-१-को बढ़त हासिल गऱ्यो। त्यसपछि रहल समयमा दक्षिण अफ्रिकी क्लबले २ गोल गरे पनि डर्टमण्ड म्याच जित्न सफल भयो। यस ग्रुपको अन्य एउटा म्याचमा ब्राजीलको क्लब फ्लूमिनेन्सले दक्षिण कोरियाई क्लब उल्सानलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप एफ-मा फ्लूमिनेन्स र डर्टमण्डसँग २-२ वटा म्याचमा ४-४ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा ब्राजीलको क्लब शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement