वेबरलाई पराजित गरी पेरिस डायमण्ड लीगको खिताब जित्न सफल नीरज चोपड़ा

IMG-20250621-WA0004

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतीय ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले पेरिस डायमण्ड लीगको खिताब जिते। नीरजले रोमाञ्चक प्रतिस्पर्धाबीच जर्मनीका जूलियन वेबरलाई पराजित गरी २ सालमा आफ्नो पहिलो डायमण्ड लीग खिताब जिते। स्पर्धाममा २७ वर्षीय नीरजको सर्वश्रेष्ठ थ्रो ८८.१६ मीटरको रह्यो, जसले उनलाई शीर्ष स्थान दिलायो। उनले आफ्नो पहिलो प्रयासमै यस दूरीलाई हासिल गरे तर रहल ५ वटा थ्रो-मा उनले ९० मीटरको आँकड़ा छुन सकेनन्। नीरजको दोस्रो थ्रो ८५.१० मीटरको रह्यो जबकि उनले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा ८२.८९ मीटरको दूरीमा भाला फ्याँके। उनले अन्य तीनवटा प्रयास फाउल रह्यो। वेबरले ८७.८८ मीटरको आफ्नो शुरुवाती थ्रो-को साथ दोस्रो स्थान हासिल गरे। यसरी ब्राजीलका लुइस मौरिसियो दा सिल्वाले ८६.६२ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ तेस्रो स्थान हासिल गरे।
नीरजले यस साल मईमा दोहा डायमण्ड लीगको अवधि करियरमा पहिलोपल्ट ९० मीटरको दूरी पार गरेका थिए। टोक्यो ओलम्पिक च्याम्पियन नीरज ९० मीटरको दूरी पार गर्ने विश्वका २५औं अनि एशियाका तेस्रो ज्याभलिन थ्रो एथलीट बनेका थिए। पेरिस ओलम्पिक च्याम्पियन पाकिस्तानका अरशद नदीम (९२.९७ मीटर) र चाइनीज ताइपेका चाओ सुन चेंग (९१.३६ मीटर) ९० मीटरको दूरी पार गर्ने अन्य दुई एशियाई एथलीट हुन्। वेबरले पनि दोहा डायमण्ड लीगमा पहिलोपल्ट ९० मीटरको आँँकड़ा पार गरेका थिए। नीरजले टोक्यो ओलम्पिकमा ८७.५८ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। पेरिस डायमण्ड लीग जितेपछि नीरजले अब २४ जूनदेखि चेक रिपब्लिकको ओस्ट्रावामा हुने गोल्डन स्पाइक एथलेटिक्स मीटमा हिस्सा लिनेछन्। त्यसपछि उनले ५ जुलाईमा बेंगलुरुमा हुने नीरज चोपड़ा क्लासिक खेल्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement