कप्तान गिल र जयसवालको शतकले भारत मजबूत स्थितिमा

IMG-20250620-WA0087

लीड्स: भारतले ईंग्ल्याण्डविरुद्ध शुक्रवारदेखि शुरु पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिन नै आफ्नो स्थिति मजबूत गऱ्यो। लीड्समा आजदेखि शुरु पहिलो टेस्ट म्याचमा भारतले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेट गुमाएर ३५९ रन बनायो। भारतलाई विशाल स्कोरसम्म पुऱ्याउनमा कप्तान शुभमन गिल र यशस्वी जयसवालको शतकले ठूलो भूमिका निर्वाह गऱ्यो। पहिलो दिनको खेल समाप्त हुँदासम्म कप्तान गिल अविजित १२७ र उपकप्तान रिषभ पन्त ६४ रनमा अविजित थिए। यी दुईजनाले चौथो विकेटको निम्ति ३२.३ ओभरमा १३८ रनको पार्टनरशीप गरिसकेका थिए। गिलले १७५ बल खेलेर १६ वटा चौका र एउटा छक्का लगाइसकेका छन्। यसरी पन्तले १०२ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाएका छन्। म्याचको पहिलो दिन गिल बाहेक ओपनिंग ब्याटर यशस्वी जयसवालले पनि १०१ रन बनाए। उनले १५९ बल खेलेर १६ वटा चौका र एउटा छक्का लगाए। ईंग्ल्याण्डका बलरहरूमा आज कप्तान बेन स्टोक्सले सर्वाधिक २ विकेट लिए। यसबाहेक ब्रायडन कार्सले १ विकेट लिए। टस हारेर पहिला ब्याटिंग गर्ने भारतलाई आज जयसवाल र केएल राहुलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति २४.५ ओभरमा ९१ रनको पार्टनरशीप गरे। राहुलले ७८ बल खेलेर ८ वटा चौकाको साथ ४२ रन बनाए। भारतले पछिबाट राहुल र पदार्पण म्याच खेलिरहेका साई सुदर्शनको विकेट लगातार अन्तरालमा गुमाउँदा स्कोर एक समय २ विकेटमा ९२ रन रहेको थियो। सुदर्शनले खाता पनि खोल्न सकेनन्। लगातार २ विकेटको पतनपछि जयसवालले कप्तान गिलसँग तेस्रो विकेटको निम्ति १२९ रनको पार्टरनरशीप गरेर भारतीय ईनिंग्सलाई सम्हाले। शतक पूरा गरेपछि तेस्रो सत्रको शुरुवातमै जयसवाल आउट भए। त्यसपछि गिल र पन्तले मिलेर दिनको अन्तसम्म थप विकेटको पतन हुन दिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement