गान्तोक: खेलकूद एवं युवा मामिला विभागको पहलमा अन्तर्राष्ट्रीय योग दिवसको पूर्व सन्ध्यामा रेशीथाङस्थित खेलकुद कम्पलेक्समा योग कार्यक्रम पालन गरियो। यस वर्षको अन्तर्राष्ट्रीय योग दिवसको थिम योगको निम्ति एक पृथ्बी एक स्वास्थ्य रहेको छ। उक्त कार्यक्रमको मुख्य उद्देश्य योगको महत्व, शारीरिक तन्दरूस्त र मानसिक स्वास्थ रहेको थियो। यस अवसरमा विभागका अतिरिक्त निर्देशक, जिल्ला पञ्चायतलगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। आजको कार्यक्रममा योग प्रशिक्षक सुरज साप्कोटाले विभिन्न प्रकारको योग आसनहरू तालिम गराए। प्रत्येक दिन योग अभ्यास गर्नाले मानिसहरूको स्वास्थ्य जिवन शैलीलाई कायम राख्न सकिने बताए। कार्यक्रममा उपस्थित जनताले यस पहलको प्रशंसा गर्दै सबैलाई आफ्नो दैनिक जीवनमा योगलाई निरन्तरता दिन आग्रह गरे। योग सत्रपछि, मैदान परिसरमा व्यापकरूपमा सरसफाई साथै बिरूवारोपन कार्यक्रम पनि आयोजन गरिएको थियो।