मल्ली बजारबासीलाई सतर्कता अप्नाउने निर्देश
नाम्ची: मल्ली निर्वाचन क्षेत्रका विधायक एनबी प्रधानले आज मल्ली बजार वरिपरिको निरीक्षण गरे। विशेष गरेर टिस्टा नदीमा जलास्तर वृद्धि भएपछि बजारको फुटपाथलाई पनि प्रभावित बनाएपछि विधायकले यस दिशामा गम्भीरता देखाएको हो। गत केही दिन अघिदेखि निरन्तर परेको पानीले मल्ली बजारको फुटपाथ क्षतिग्रस्त बनाएको छ। जसको कारण मल्ली बजारका मानिसहरूलाई खतरा हुन सक्ने सम्भावना देखापरेको छ। निरीक्षण पछि विधायक प्रधानले स्थानीयहरूलाई सतर्कता अप्नाउने प्रोत्साहित गरे। उनले मल्ली बजारका मानिसहरूलाई राज्य सरकारले समयमै सुरक्षात्मक कार्यहरू गर्ने आश्वासन दिए। निरीक्षणको क्रममा सम्वन्धित विभागका अधिकारी, स्थानीय पञ्चायत लगायत अन्य विभागीय अधिकारीहरू पनि सामेल थिए।










