पाकिममा ‘दिसा’ को तेस्रो समन्वय बैठक

IMG-20250620-WA0081

गान्तोक: पाकिम जिल्लास्तरीय सल्लाहकार एवं अनुगमन समिति (दिसा) को तेस्रो समन्वय बैठक लोकसभा सांसद इन्द्रहाङ सुब्बाको अध्यक्षता सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुब्बाले शासनभित्रको सहकार्यात्मक प्रयासमार्फत समस्याहरू समाधान गर्न अन्तरविभागीय समन्वयलाई सहज बनाउने महत्त्वमाथि जोड दिए। उनले थप जानकारी गराएअनुसार बैठकमा आत्मनिरीक्षण र भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च रहेको उल्लेख गर्दै सांसदले आम जनतालाई आफ्नो समस्याहरू साझा गर्न र स्थानीय समस्याहरूको दिगो समाधान खोज्न विधायकहरू र प्रशासनिक अधिकारीहरूसँग अन्तर्क्रियामाथि जोड़ दिए। सोही प्रकारले शिक्षा विभागीय मन्त्री राजु बस्नेतले आफ्नो सम्बोधनमा क्षेत्रीय परियोजनाहरूमा समुदायको संलग्नताको आवश्यकतामाथि जोड दिँदै भविष्यमा विभिन्न प्रकारको समस्याबाट बाँच्नको साथै जवाफदेही हुनुपर्ने विषयमाथि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement