डीएमसीएई र राजनीतिक दलका प्रतिनिधिहरूबीच समन्वय सभा

IMG-20250620-WA0048

सोरेङ: जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा पहुँचयोग्य निर्वाचन सम्बन्धी जिल्ला अनुगमन समिति (डीएमसीएई)का सदस्यहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको एउटा समन्वय एवं समीक्षा बैठक बस्यो। जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकमा पछिल्ला बैठक पछि भएका प्रगतिहरूको समीक्षा गरियो। यसको साथै बैठकमा जिल्लामा स्वतन्त्र, निष्पक्ष, पहुँचयोग्य अनि समावेशी निर्वाचन प्रक्रिया सुनिश्चित गर्न आवश्यक पहल बारे चर्चा पनि गरियो।
बैठकलाई सम्बोधन गर्दै जिल्लापाल धिरज सुवेदीले सबै प्रशासन, राजनीतिक दलहरू साथै अन्य सरोकारवालाहरू बीच नियमित समन्वय बैठकको आयोजनामाथि जोर दिए। यसको साथै उनले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई भविष्यका चुनावहरू निष्पक्ष र शान्तिपूर्ण बनाउन कानून र निर्वाचन निर्देशिकाहरूको कडाईका साथ पालना गर्न आग्रह गरे। जिल्लापालले नवगठित पहुँचयोग्य निर्वाचन सम्बन्धी जिल्ला अनुगमन समितिको बारेमा पनि बैठकमा सहभागीहरूलाई अवगत गराए। समितिको भूमिका र जिम्मेवारीहरू बारे बोल्दै उनले विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि चुनावलाई सजिलो र समावेशी बनाउन कसरी काम गर्नेछ भन्ने बारेमा व्याख्या गरे।
बैठकमा चुनावको समयमा आदर्श आचारसंहिताको पालना गर्ने, चुनावी अभियानको समयमा सुरक्षा सुनिश्चित गर्ने, मतदाताहरूलाई शिक्षित गर्ने र जनचेतना फैलाउने, सबै उम्मेदवारहरूलाई समान अवसर सुनिश्चित गर्ने, पहुँचयोग्य मिडिया फ्रेमवर्क र निर्वाचन मिडिया फ्रेमवर्क, सूचना, शिक्षा र सञ्चारको महत्त्व, राजनीतिक दलहरूद्वारा बुथ लेभल एजेन्टहरूको नियुक्तिको स्थिति जस्ता धेरै महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement