रंगबुल उच्च माध्यमिक विद्यालयमा स्वर्गीय दावा माइला डुकपा स्मृति छात्रवृत्ति कार्यक्रम सम्पन्न

IMG-20250620-WA0056

सोनादा: रंगबुल उच्च माध्यमिक विद्यालय रंगबुलका माध्यमिक अनि उच्च माध्यमिकका विद्यार्थीहरूलाई लिएर विदाई कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम विद्यालयको प्रधान अध्यापक हरिश कमल लिम्बुको अध्यक्षतामा सम्पन्न गरियो। यस विदाई अनि सम्बर्ध्दना कार्यक्रममा रंगबुल निवासी स्वर्गीय दावा माइला डुकपाको स्मरणमा उनकी छोरी पासाङ डोमा डुकपा(रिङकू) अनि डुकपा परिवारद्वारा वर्षेनी झैं यस वर्ष पनि ६०% अंकदेखि माथिका उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति साथै अन्यहरूलाई उपहार प्रदान गरियो। छात्रवृत्ति पाउने विद्यार्थीहरुमा रोशनी खातुन ६०% माध्यमिक परीक्षा २०२५, शिवानी सुब्बा ७१% उच्च माध्यमिक परीक्षा, मुस्कान कुमारी गुप्त ६३% उच्च माध्यमिक परीक्षा आदिलाई प्रदान गरियो। यसमा जम्मा गरेर १६ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।स्वर्गीय दावा माइला डुकपाकी छोरी लगायत सम्पूर्ण डुकपा परिवारलाई विद्यार्थीहरूलाई, शिक्षक शिक्षिकाहरूलाई धन्यवाद ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement