म समस्याकाे लागि होइन तर समाधानको लागि राजनीति गर्छु: अनित थापा

IMG-20250620-WA0038

खरसाङ: म समस्याकाे लागि होइन तर समाधानको लागि राजनीति गर्छु। हामीलाई परिचय संकट छ भनेर हाम्रो मानसिकतामा हालिदिएको छ। तर त्यो परिचय संकटलाई हाम्रो नानीहरु धेरै पढेर अनि शिक्षित बनेर अघि बढे त्यो नै हाम्रो परिचय हुनेछ।‌ हाम्रो नानीहरु धेरै पढेर आईएएस, आईपीएस, डाक्टर, ईञ्जिनियर हुनुपर्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌। उनले आज वहदाम ईण्डियाद्वारा दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति २०२५ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै उक्त कुरा बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘वहदाम ईण्डिया दार्जिलिङ बेस भएकोले दार्जिलिङलाई नै सोचेर यसरी राम्रो सोचेर यहाँको नानीहरुलाई छात्रवृत्ति प्रदान गरेकोमा धेरै धन्यवाद छ।‌ यो हाम्रो लागि एकदम राम्रो सोच हो। उहाँहरुलाई जीटीएबाट चाहिने कुनै पनि प्रकारको सहयोग गर्न हामी तयार छौँ।’
अनित थापाले आफ्नो सम्बोधनमा अघि भने, वहदाम ईण्डियाको‌ सोचलाई हामीले पनि साथ दिनुपर्छ र हाम्रो नानीहरुको भविष्य उज्वल बनाउन सक्छौँ। म २०१७ देखि सबैको भविष्यको लागि म‌ अघि आएको छु। हिजो सबैले‌ भूल‌ गरे तर तपाई हामी सबै मिलेर हिजोको भूललाई सुधार्नुपर्छ। यो यात्रामा हामी सकरात्मक भएर अघि बढ्नुपर्छ। यस यात्रामा सकरात्मक भएर अघि बढ्न सके अवश्य पनि सफल‌ हुन्छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement