खरसाङ अखिल भारतीय नेवार संगठनले स्थापनाको ३२ वर्ष पूरा गरेर ३३ वर्ष पाइला टेकेको सुअवसरमा स्थापना दिवस पालन गरिएको छ। यसको साथै २० जून १९९३ देखि नेवार जातिको भाषा, संस्कार, संस्कृति तथा जातिको एकता अखण्डतालाई कायम गर्न साथै नेवार परिवारले पनि अन्य समुदाय सरह सरकारी सहुलियतहरु प्राप्त गर्न सकुन भन्ने उद्देश्य लिएर गठन गरिएको अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति, श्री भिमेश्वर मन्दिर पक्षबाट शुक्रवार स्थापना दिवस पालन गरियो। यस अवसरमा उपस्थित समुहमा नेवार संगठनको झण्डा भाजु मदन प्रधानले उत्तोलन गरे भने यस अवधि नेवारी राष्ट्रिय गीत बजाइयो। त्यसपछि संगठनका दिवङ्गत संस्थापक सदस्यहरूको आत्माले शान्ति पाउन भनी एक मिनटको मौनधारण गरियो भने मयजु लक्ष्मी प्रधानले सुकुण्डामा दिप प्रज्वलन एवं धूप जलाएर श्री भिमेश्वर देवप्रति प्रार्थना गरिन् तथा भाजु बाबुल प्रधानले केक काटेका थिए। कार्यक्रममा भाजु गणेश प्रधानद्धारा स्थापना दिवस अनि संगठन विषय जानकारी गराउँदै आफ्नो विचार व्यक्त गरे भने भाजु सुवास प्रधानले स्थापना दिवसको कार्यक्रम आयोजन गरेका थिए भनी भाजु दिपक प्रधानले जानकारी दिएका छन्। कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।