खरसाङमा तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप २०२५ आयोजना गरिने

IMG-20250620-WA0021

खरसाङ: मार्टियल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङको आयोजनामा तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप २०२५ आयोजना गर्ने भएको छ। यस विषयमा मार्टियल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङको प्रतिनिधिहरुले आज खरसाङमा‌ पत्रकार सम्मेलन आयोजना गरेर तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप २०२५ अन्तर्गत स्कूल च्याम्पियनशीप २०२५ आयोजना गर्ने जानकारी गराएका छन्‌‌। विभिन्न स्कूलहरुबाट नानीहरुले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ‌। उक्त तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीप आगामी १३ र १४ सेप्टेम्बर २०२५ मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा आयोजना गरिने भएको छ।‌ यसको साथै आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर उक्त च्याम्पियनशीपको ब्यानर पनि सार्वजनिक गरिएको छ। यस कराँते च्याम्पियनशीप यस विषयमा पत्रकारहरुसित अन्तर्गत च्याम्पियनलाई २५ हजार अनि उप विजेतालाई १५ हजार रुपियाँ प्रदान गरिने भएको छ। यसको साथै बेस्ट फाईटर सिनियर वर्ग बोइजलाई २५ सय र सिनियर वर्ग गर्ल्समा २५ सय अनि जुनियर वर्गमा बोइजलाई २ हजार रुपियाँ र जुनियर वर्ग गर्ल्समा २ हजार रुपियाँ प्रदान गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मार्टियल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङको तर्फबाट आयोजक समितिको सभापति सुशिल सुशिल छेत्री र सचिव प्रयोधी प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले यस तेस्रो इन्टर स्कूल ओपन कराँते च्याम्पियनशीपमा‌ भाग लिन चाहानेहरुले आगामी ७ सेप्टेम्बरभित्र आवेदन गर्न जानकारी गराएका छन्। दुवैले यस च्याम्पियनशीपमा सिनियर वर्गमा १२ देखि १७ वर्ष र जुनियर वर्गमा ६ देखि ११ वर्षसम्मका नानीहरुले आफ्नो आफ्नो स्कूलबाट सहभागिता जनाउन सक्ने जानकारी गराएका छन्‌‌। दुवैले यो च्याम्पियनशीपमा टाडा टाडाबाट खेलाडीहरुले भाग लिने जानकारी गराएका छन्‌‌।‌ यस च्याम्पियनशीपको आयोजना गर्नुको मुख्य उद्देश्य कराँते खेलाडीहरुलाई मञ्च प्रदान गर्नु र नानीहरु टाडो टाडो खेल्न जनालाई राम्रो अनुभव प्रदान गर्ने पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement