राज्यपाललाई अन्तरराष्ट्रिय योग दिवसको निमन्त्रणा

IMG-20250620-WA0000

गान्तोक: आज राज्य स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलले राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे र राज्यपाललाई आगामी ११औं अन्तरराष्ट्रिय योग दिवसको उपलक्ष्यमा आयोजना गरिने राज्यस्तरीय कार्यक्रमको निमन्त्रणा दिए।
यस अवसर अन्तरराष्ट्रिय योग दिवसको थीम ‘वान अर्थ, वान हेल्थ’ रहेको छ, जसले योगको माध्यमद्वारा वैश्विक एकता, पर्यावरणीय सन्तुलन, मानवीय स्वास्थ्य र समग्र कल्याणबीच गहिरो सम्बन्धलाई उजागर गर्दछ।
राज्यपालले मन्त्रीको आफ्नो सहर्ष स्वीकृति प्रदान गरे। उनले योगलाई जीवनशैलीको आवश्यक अंग बताउॅंदै आयोजनाको निम्ति शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement