गान्तोक: सिक्किम केन्द्रीय विश्वविद्यालयका कार्यवाहक उपकूलपति अभिजित दत्ताले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। यस अवसरमा प्रो. लक्ष्मण शर्मा, वित्त अधिकारी एसएस महापात्रा र हिन्दी विभाग सहायक आचार्य डा. प्रदीप त्रिपाठी पनि सामेल रहेका थिए। भेटको क्रममा सिक्किम विश्वविद्यालयका प्रतिनिधि टोलीले याङगाङमा निर्माण भइरहेको क्याम्पसको वर्तमान अवस्थाबारेमा अवगत गराउँदै निर्माणसम्वन्धी विषयमा छलफल गरे। उपकूलपतिले विश्वविद्यालयको हालको शैक्षिक र प्रशासनिक गतिविधिहरू, साथै राष्ट्रिय शिक्षा नीति २०२० अन्तर्गत शुरू गरिएको विभिन्न पहलहरूबारेमा विस्तृतरूपमा जानकारी गराए। राज्यपाल माथुरले प्रतिनिधि टोलीको गुनासोलाई गम्भीरतापूर्वक लिँदै विद्यार्थीहरूको हितमा पहल गर्ने आश्वासन दिए।