जोरथाङमा क्याप सिक्किमको सोरेङ जिल्ला कार्यकारी परिषदको बैठक

IMG-20250619-WA0045

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को सोरेङ जिल्ला कार्यकारी परिषदको बैठक आज जोरथाङस्थित क्षेत्रीय कार्यालयमा बस्यो। बैठकलाई पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले अध्यक्षता गरेका थिए। बैठकमा सोरेङ जिल्लाका सबै समष्टिहरूमा पार्टीको साङ्गठनिक सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा राजनीतिक गतिविधिहरूको समन्वयात्मक भावी कार्ययोजना र कार्यान्वयन प्रणालीबारे गहन छलफल गरिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ।
विज्ञप्तीमा थप भनिएको छ- बैठकमा उपस्थित नेताहरूले सिटिजन एक्शन पार्टी, सिक्किम प्रति जनतामा गहिरिँदो विश्वास, नेतृत्वप्रतिको भरोसा र सङ्गठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै पार्टीलाई सिक्किमेको वास्तविक प्रतिनिधि र आशाको केन्द्रबिन्दु बनाउने साझा सङ्कल्प व्यक्त गरे। बैठकले जनताको चासो, अपेक्षा र सरोकारलाई आत्मसात गर्दै आन्तरिक सुदृढीकरणमार्फत पार्टीको बढ्दो लोकप्रियतालाई राजनीतिक परिवर्तनको माध्यम बनाउने प्रतिवद्धता जाहेर गरेको पनि पार्टीको भनाइ रहेको छ।
बैठकमा पार्टीका केन्द्रीय कार्यकारी परिषदका सदस्यहरू साथै सोरेङ जिल्लाका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement