गान्तोक: नाम्चीको बुमटारमा सञ्चालित वृद्ध आश्रममा ६० वर्ष भन्दा अधिक उमेरका नागरिकहरूको निम्ति निःशुल्क नेत्र जाँच शिविर आयोजन गरियो। नाम्ची जिल्लाको महिला, बाल, वरिष्ठ नागरिक, दिव्याङजन कल्याण विभाग, स्वास्थ्य एवं परिवार कल्याण विभाग र सिलगढीको ग्रेटर लायन्स आइ अस्पतालको संयुक्त पहलमा शिविर सम्पन्न भएको हो। अटल भयो अभयुदय योजनाअन्तगर्त आयोजन गरिएको यस शिविरमा ग्लुकोमा लगायत आँखा सम्वन्धि जाँच गरियो। एक दिवसीय शिविरमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङ मुख्य अतिथिकारूपमा उपस्थित थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले शिविरबाट लाभ उठाउने सल्लाह दिए। उनले व्यक्तिगत रूपमा ज्येष्ठ नागरिकहरूसँग पनि अन्तरक्रिया गरिन्। उनले अभिभावक र ज्येष्ठ नागरिकको देखरेख र कल्याण ऐन, २००७ को प्रावधानहरूमाथि प्रकाश पारिन्। यस अवसरमा नाम्ची जिल्लाका कूल १३४ जना वरिष्ठ नागरिकको स्क्रिनिङ गरिएको थियो