नयाँ दिल्ली: भारत र ईंग्ल्याण्डबीच शुक्रवारदेखि शुरु हुने ५ वटा टेस्ट म्याचको सीरीज अब एण्डरसन-तेन्दुलकर ट्रफीको नामले खेलिनेछ। यसअघि यस सीरीजलाई पटौदी ट्रफीको नामले खेलिन्थ्यो। बिहीवार ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले एण्डरसन-तेन्दुलकर ट्रफीको अनावरण गऱ्यो। यस अवसरमा महान ब्याटर सचिन तेन्दुलकरको साथमा ईंग्ल्याण्डका दिग्गज पेस बलर जेम्स एण्डरसन पनि उपस्थित थिए। बोर्डले नयाँ नामले पटौदीको विरासतलाई कुनै हानि नपुग्ने अनि यस सीरीजको विजेता टीमका कप्तानलाई पटौदी पदक प्रदान गरिने जानकारी दियो। पटौदी ट्रफीको नाम इफ्तिखार अली खान पटौदी र उनका छोरा मन्सूर अली खान पटौदीको नाममा राखिएको थियो। यस अवसरमा सचिनले भने, मेरो निम्ति टेस्ट क्रिकेट जीवनको प्रतीक हो। यस प्रारूपमा तपाईं आफ्नो सर्वश्रेष्ठ दिनु चाहनुहुन्छ अनि केही गल्ती भए यसले तपाईंलाई संगठित हुने, सोच्ने, भुल्ने अनि खेलमा फर्किने अझ एक दिन दिन्छ। यो खेलको सर्वोच्च रूप हो जसले तपाईंलाई समस्त वाधाहरू पछि पनि धैर्य, अनुशासन र अनुकूलनशीलता सिकाउँछ।










