खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक एंव शिक्षक राजेस थापा पितृ शोकमा परेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक एंव शिक्षक राजेस थापाको पिता बीरेन्द्र थापाको बिहीबार निधन भएको छ। उनको पिता बीरेन्द्र थापाको ८३ वर्षको उमेरमा उत्तर बंगाल मेडिकल कलेजमा उपचाराधीन अवस्थामा निधन भएको जानकारी प्राप्त भएको छ। उनको अन्तिम संस्कार शुक्रबार तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीस्थित घरबाट गरिने जानकारी प्राप्त भएको छ। ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाको पिताको निधनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।