मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे

IMG-20250618-WA0066

गान्तोक: आज नयॉं दिल्लीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय संसदीय मामिला मन्त्री किरेन रिजिजुसॅंग शिष्टाचार भेट गरे।
उक्त भेट अवधि मुख्यमन्त्रीले सिक्किमे जनताको तर्फबाट सिक्किमको भारतीय संघसँग एकीकरणको ५०औं वार्षिकोत्सवको अवसरमा जारी गरिएको स्मारक सिक्का र टिकट प्रदान गरे।
यस भेटघाटको क्रममा केन्द्रिय मन्त्रीसॅंग क्षेत्रको विकास र प्रगतिमा विचारहरूको अर्थपूर्ण आदान-प्रदान गरेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। उनले केन्द्रिय मन्त्री रिजिजुसँग अन्तरक्रिया गर्न पाउनु सधैं खुशीको कुरा हुने गरेको आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
हाल राष्ट्रिय राजधानी दिल्लीको आधिकारिक भ्रमणमा रहेका मुख्यमन्त्रीले केन्द्रिय नेतृत्वहरूसॅंग भेट गरिरहेका छन्। हिजो मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग भेट गरेका थिए भने आज उपराष्ट्रपति जगदीप धनखड र केन्द्रिय मन्त्री किरेन रिजिजुसॅंग भेट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement