ईंग्ल्याण्डमा अहिलेसम्म २८ जना भारतीयले बनाइसकेका छन् शतक

IMG-20250618-WA0055

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजको निम्ति भारतीय टीम तयार रहेको छ। रोहित शर्माले सन्न्यास लिएपछि शुभमन गिललाई टेस्ट टीमको कप्तान नियुक्त गरिएको छ। टेस्ट कप्तानको रूपमा यो उनको पहिलो सीरीज हुनेछ अनि उनी नयाँ वर्ल्ड टेस्ट च्याम्पियनशीप २०२५-२७ चक्रको शुरुवात जीतको साथ गर्न चाहन्छन्। ईंग्ल्याण्डको माटोमा भारतीय ब्याटरहरूले प्रशस्तै रन बनाएका छन्। महान सचिन तेन्दुलकर, राहुल द्रविड़ र सुनिल गावस्करसहित ईंग्ल्याण्डमा अहिलेसम्म भारतका २८ जना क्रिकेटरले शतक बनाइसकेका छन्। यसमा अजीत अगरकर र अनिल कुम्बले पनि सामेल छन्। यसपाली युवा भारतीय टीमका कप्तान गिल र यशस्वी जयसवालसँग पनि यस सूचीमा स्थान बनाउने मौका रहनेछ। द वाल-को नामले चिनिने राहुल द्रविड़ ईंग्ल्याण्डमा सर्वाधिक शतक लगाउने भारतीय ब्याटर हुन्। उनले १३ वटा टेस्टको २३ वटा ईनिंग्समा ६८.८०-को औसतले ६ वटा शतक र ४ वटा अर्द्धशतकको साथ १३७६ रन बनाएका छन्। दोस्रो स्थानमा सचिन तेन्दुलकर छन्, जसले ४ वटा शतक र ८ वटा अर्द्धशतकको साथ १७ वटा म्याचको ३० वटा ईनिंग्समा १५७५ रन बनाएका छन्। दिलीप भेंगसरकर ईंग्ल्याण्डमा सर्वाधिक शतक बनाउने संयुक्त रूपले दोस्रो ब्याटर हुन्। उनले १३ वटा टेस्टको २३ वटा ईनिंग्समा ४ वटा शतक र ४ वटा अर्द्धशतकको साथ ९६० रन बनाएका छन्। पूर्व कप्तान सौरभ गांगुली ३ वटा शतक र ५ वटा अर्द्धशतकको साथ तेस्रो स्थानमा छन्। मोहम्मद अजहरुद्दीन, सुनिल गावस्कर, विराट कोहली, विजय मर्चेण्ट, रिषभ पन्त, केएल राहुल र रवि शास्त्रीले ईंग्ल्याण्डमा २-२ वटा शतक बनाएका छन्। यसबाहेक अजीत अगरकर, अब्बास अली बेग, रविन्द्र जडेजा, कपिल देव, अनिल कुम्बले, विजय माञ्जरेकर, वीनू मांकड़, मुश्ताक अली, मंसूर अली खान पटौदी, सन्दीप पाटिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, वीरेन्द्र सहवाग, रोहित शर्मा, पली उमरीगर, मुरली विजय र गुण्डप्पा विश्वनाथले ईंग्ल्याण्डमा १-१ वटा शतक बनाएका छन्। यसरी ईंग्ल्याण्डमा शतक बनाउनेहरूमा ३ जना क्रिकेट (पन्त, राहुल र जडेजा) वर्तमान भारतीय टेस्ट टीममा रहेका छन्।
अहिले के गिल र जयसवाल जस्ता स्टार ब्याटरहरूले ईंग्ल्याण्डमा शतक बनाउन सक्नेछन् भन्ने प्रश्न सबैको मनमा रहेको छ। भारतीय टेस्ट कप्तान गिलले २०२०-मा टेस्ट पदार्पण गरेका थिए। त्यसपछि उनले ३२ वटा टेस्ट म्याचमा १८९३ रन बनाएका छन्। उनको औसत ५९.९२-को रहेको छ। यस प्रारूपमा उनले ५ वटा शतक र ७ वटा अर्द्धशतक बनाएका छन्। गिलले २०२४-मा ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा ९ वटा ईनिंग्समा ४६२ रन बनाएका थिए। त्यस समय भारतले सीरीज ४-१-ले जितेको थियो। यसरी जयसवाल २०२३-देखि भारतको निम्ति टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर रहेका छन्। उनले १९ वटा टेस्ट म्याचमा ५२.८८-को औसतले १७९८ रन बनाएका छन्। यसमा ४ वटा शतक र १० वटा अर्द्धशतक सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement